प्रभावकारी भूमिका खोज्दै पोखरा महानगरका वडा सदस्य « Khabarhub

प्रभावकारी भूमिका खोज्दै पोखरा महानगरका वडा सदस्य


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिकाभित्रका वडा सदस्यहरू आफ्नो प्रभावकारी भूमिकाको माग गर्दै त्यसको खोजीमा जुटेका छन् । जनताबाट निर्वाचित भएर पनि कर्तव्य, अधिकारको प्रयोगसँगै प्रभावकारी भूमिका समेत पाउन नसकिएको भन्दै आफ्नो भूमिकालाई देखिने किसिमको बनाउन सदस्यहरूले पहल थालेका हुुन् ।

जनताको मतबाट निर्वाचित भएपछि अधिकांश स्थानमा गणपुरक मात्रै बन्नुपरेको भन्दै महानगरभित्रका वडा सदस्यहरू संगठित बन्दै गएको महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदीपराज ढुुङ्गानाले बताए ।

पहिलो चरणमा महानगरका केही वडा सदस्यहरू भेला भई आफ्ना अधिकार, कर्तव्य तथा भूमिकालगायतका विषयमा छलफल गरेको उनले बताए । उनले दोस्रो चरणमा सबै वडा सदस्यलाई सहभागी गराएर बृहत छलफल गर्ने निर्णय गरिएको जानकारी दिए ।

संविधानले पनि वडाध्यक्षका लागि ५५ वटा जिम्मेवारी दिएको तर वडा सदस्यको काम, कर्तव्य र अधिकार भनेर दुई वटा वाक्य मात्र उल्लेख गरेको उनको भनाइ छ । “वडा समितिको बैठकमा सहभागी हुने र तोकिए बमोजिम वा वडाध्यक्षले तोकेको काम गर्ने छन् भनेर वडा सदस्यको भूमिकालाई खुम्च्याइएको छ”, ढुुङ्गानाले भने ।

महानगरमा गरिएको करबृद्धि सम्बन्धमा पनि आफूहरूको फरक मत रहेको बताउँदै उनले कर बढाउने नभइ करको दायरा बढाउनुुपर्नेमा जोड दिए । करमा सबैभन्दा बढी विभेद ग्रामीण क्षेत्रमा भएको बताउँदै उनले महानगरभित्रका विकट गाउँ बस्तीमा महानगरको न्यायोचित दृष्टि हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १० : २७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल