लुम्बिनी क्षेत्रको विकासमा सहकार्य गर्न चिनियाँ पक्षसँग आग्रह « Khabarhub

लुम्बिनी क्षेत्रको विकासमा सहकार्य गर्न चिनियाँ पक्षसँग आग्रह


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच वृहत्तर लुम्बिनी क्षेत्रका विषयमा छलफल भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा उपाध्यक्ष डा लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासमा सहकार्यका लागि चिनियाँ पक्षसँग आग्रह पनि गरे । उनको आग्रहमा राजदू सोङले सकारात्मक प्रतिक्रिया दिएका थिए।

सो अवसरमा जापानीज वास्तुविद् केञ्जे टाङ्गेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवद्धनका सहकार्यका विषयमा पनि छलफल भएको कोषका उपाध्यक्ष डा लामाले बताए ।

चिनियाँ राजदूत सोङले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको जानकारी गराएका थिए । लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उनको भनाइ थियो ।

भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको पनि उपस्थिति थियो ।

यसैबीच चिनियाँ नयाँ वर्षको अवसरमा आजै चिनियाँ विहारमा प्रसाद वितरण कार्यक्रम गरिएको छ । त्यस अवसरमा उपाध्यक्ष डा लामाले हजारौँ चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आफूहरु आतुर रहेको बताए ।

राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिँदै उपाध्यक्ष लामाले भने, “प्रत्येक महिना हजारौं चिनियाँलाई लुम्बिनीमा स्वागत गर्न पाउने दिनको पखाईमा छौँ ।” उनले आजकै दिन सुजाताले भगवान बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यहि दिन खिर बाँड्न पाएकोमा खुशी व्यक्त गरे ।

चिनियाँ राजदुत सोङले एक हजार पाँच सय वर्षअघि चिनियाँ यात्रीले गरेको पैदल यात्रा र त्यही यात्रा वृतान्तले लुम्बिनी पत्ता लगाउन सहयोग गरेको स्मरण गर्दै बुद्धजन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरणमा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताए । उनले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताए । उनले विश्वमा अशान्ति भइरहेकाले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्नेमा जोड दिए।

त्यस अवसरमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाता खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरणमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । उपाध्यक्ष सुङ चिनियाँ नयाँ वर्षको सन्दर्भमा भिक्षुभिक्षुणी र तीर्थयात्रीहरुको टोली लिएर लुम्बिनी आएका हुन् । प्रसाद वितरणमा बौद्ध विश्व विद्यालय, विभिन्न विद्यालय र स्थानीयहरु गरी करिव चार सयजनालाई प्रसाद वितरण गरिएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १० : ५४ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी