लुम्बिनी क्षेत्रको विकासमा सहकार्य गर्न चिनियाँ पक्षसँग आग्रह « Khabarhub

लुम्बिनी क्षेत्रको विकासमा सहकार्य गर्न चिनियाँ पक्षसँग आग्रह


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच वृहत्तर लुम्बिनी क्षेत्रका विषयमा छलफल भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा उपाध्यक्ष डा लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासमा सहकार्यका लागि चिनियाँ पक्षसँग आग्रह पनि गरे । उनको आग्रहमा राजदू सोङले सकारात्मक प्रतिक्रिया दिएका थिए।

सो अवसरमा जापानीज वास्तुविद् केञ्जे टाङ्गेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवद्धनका सहकार्यका विषयमा पनि छलफल भएको कोषका उपाध्यक्ष डा लामाले बताए ।

चिनियाँ राजदूत सोङले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको जानकारी गराएका थिए । लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उनको भनाइ थियो ।

भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको पनि उपस्थिति थियो ।

यसैबीच चिनियाँ नयाँ वर्षको अवसरमा आजै चिनियाँ विहारमा प्रसाद वितरण कार्यक्रम गरिएको छ । त्यस अवसरमा उपाध्यक्ष डा लामाले हजारौँ चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आफूहरु आतुर रहेको बताए ।

राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिँदै उपाध्यक्ष लामाले भने, “प्रत्येक महिना हजारौं चिनियाँलाई लुम्बिनीमा स्वागत गर्न पाउने दिनको पखाईमा छौँ ।” उनले आजकै दिन सुजाताले भगवान बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यहि दिन खिर बाँड्न पाएकोमा खुशी व्यक्त गरे ।

चिनियाँ राजदुत सोङले एक हजार पाँच सय वर्षअघि चिनियाँ यात्रीले गरेको पैदल यात्रा र त्यही यात्रा वृतान्तले लुम्बिनी पत्ता लगाउन सहयोग गरेको स्मरण गर्दै बुद्धजन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरणमा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताए । उनले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताए । उनले विश्वमा अशान्ति भइरहेकाले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्नेमा जोड दिए।

त्यस अवसरमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाता खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरणमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । उपाध्यक्ष सुङ चिनियाँ नयाँ वर्षको सन्दर्भमा भिक्षुभिक्षुणी र तीर्थयात्रीहरुको टोली लिएर लुम्बिनी आएका हुन् । प्रसाद वितरणमा बौद्ध विश्व विद्यालय, विभिन्न विद्यालय र स्थानीयहरु गरी करिव चार सयजनालाई प्रसाद वितरण गरिएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १० : ५४ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा