मौसम परिवर्तनसँगै किन हुन्छ भाइरल संक्रमण ? « Khabarhub

मौसम परिवर्तनसँगै किन हुन्छ भाइरल संक्रमण ?


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले विस्तारै जाडो घटेर दिउँसोको समयमा गर्मी बढ्ने क्रम सुरु भएको छ। मौसम परिवर्तनले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ। मौसम परिवर्तनसँगै शारीरिक अवस्थामा पनि धेरै परिवर्तन भइरहेको हुन्छ। विशेष गरेर यो मौसममा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ।

मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै अत्याधिक प्रदूषण हुने भएकाले स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन्। यस्तो मौसममा स्वास्थ्यमा देखिएको समस्याको पहिचान गर्नसमेत समस्या भएको पाइन्छ। मौसम परिवर्तनको समयमा हाम्रो शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुनसक्छ। स्वास्थ्य जीवनका लागि हरेक पक्षको ख्याल गर्नुपर्छ। मौसम परिवर्तनसँगै स्वास्थ्यमा कस्ता समस्या देखिन्छन् ? यसको कारण के हो ? मौसमी रोगबाट कुन उमेर समूह बढी प्रभावित हुने गर्दछ ? यसको उपचार विधि के छ ? बच्न के गर्ने ? भन्ने विषयमा वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. मिलन खड्कासँग गरिएको कुराकानीः

मौसमी रोगबाट साना बालबालिका र ६० वर्षभन्दा माथिका व्यक्ति तथा दीर्घ रोगी बढी प्रभावित हुन्छन्। यसको चाँडै प्रभाव मधुमेह, क्यान्सर, किड्नी लगायतका बिरामीमा देखिन्छ।

मौसम परीवर्तनसँगै स्वास्थ्यमा कस्ता समस्या देखिन्छन् ?
मौसम परिवर्तनसँगै मौसमी रुघाखोकी, ज्वरो, जिउ दुख्ने, खान मन नलाग्ने, सिजनल इन्फ्लुएञ्जा लगायतका समस्या देखिन्छन्।

यसको कारण के हो ?
धेरैजसो कीटाणु मौसम परिवर्तनको समयमा सक्रिय हुन्छन्। हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि यस्तो बेलामा कमजोर हुन्छ त्यसैमाथि खानपानमा ध्यान दिइएन, लुगा लगाउने कुरामा ध्यान दिइएन भने स्वास्थ्यमा विभिन्न समस्या देखिने हुन्छन्।

मौसमी रोगबाट कुन उमेर समूह बढी प्रभावित हुने गर्दछ ?
मौसमी रोगबाट साना बालबालिका र ६० वर्षभन्दा माथिका व्यक्ति तथा दीर्घ रोगी बढी प्रभावित हुन्छन्। यसको चाँडै प्रभाव मधुमेह, क्यान्सर, किड्नी लगायतका बिरामीमा देखिन्छ।

भाइरल संक्रमणको लागि औषधि चाहिँदैन। पर्याप्त मात्रामा आराम गर्ने, खानपिनमा ध्यान दिने, झोल पदार्थ खाने, धेरै दुखाई छ भने सिटामोल खाने गर्यौं भने केही समयपछि यो आफै निको भएर जान्छ।

अहिले उपचारका लागि कस्ता कस्ता बिरामी अस्पताल आइपुग्छन् ?
अहिले उपचारका लागि हामीकहाँ २०-२१ वर्ष मुनिका किशोरकिशोरी, लामो यात्रा गरेका व्यक्ति र ६० वर्ष माथिका व्यक्ति आउने गरेका छन्। उनीहरुमा भाइरल संक्रमण, रुघाखोकी, ज्वरो आउनेलगायका समस्या देखिने गर्दछन्।

यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना कत्तिको हुन्छ ?
मौसमी फ्लु अर्थात् इन्फ्लुएञ्जा एक प्रकारको सरुवा रोग हो। यो स्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ।

यसको उपचार विधि के छ ?
प्रायजसो हाम्रो शरीरमा लाग्ने भाइरल संक्रमणको लागि औषधि चाहिँदैन। पर्याप्त मात्रामा आराम गर्ने, खानपिनमा ध्यान दिने, झोल पदार्थ खाने, धेरै दुखाई छ भने सिटामोल खाने गर्यौं भने केही समयपछि यो आफै निको भएर जान्छ।

यसबाट बच्न के गर्ने ?
खानपानमा ध्यान दिने, न्यानो लुगा लगाउनेलगायत सतर्कता अपनाउनु आवश्यक छ। त्यस्तै धेरै देशमा अहिले इन्फ्लुएञ्जाको भ्याक्सिन लगाउने गरिएको छ। नेपालमा पनि असोज कात्तिक तिर यो भ्याक्सिन लगाउने गरिएको छ। यो भ्याक्सिन लगाउँदा केही हदसम्म बच्न सकिन्छ।

कुन उमेर समूहललाई भ्याक्सिन लगाउन सकिन्छ ?
६ महिनाभन्दा माथिका बालबालिका र सबै उमेर समूहलाई यो भ्याक्सिन लगाउन सकिन्छ।

अहिले मौसम परिवर्तनको समय हो। यो बेलामा हामीले खानपान र स्वास्थ्यमा एकदमै सचेत हुनुपर्छ। यस्तो बेलामा विभिन्न भाइरस सक्रिय हुने हुँदा आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन झोल पदार्थ खाने गर्नु पर्दछ।

मौसम परिवर्तनसँगै कोभिड पनि बढ्छ भनिन्छ के छ अवस्था ?
मौसमी फ्लु र कोभिडको लक्षण त उस्तैउस्तै देखिन्छन्। बिरामीको संख्या बढ्दो छ। अहिले कोभिड जाँच गर्ने गरिएको छैन। हुनसक्छ तर त्यस्तो आत्तिनुपर्ने गरी कोभिडका बिरामी देखिएका छैनन्।

अन्त्यमा याहाँको सुझाव के छ ?
अहिले मौसम परिवर्तनको समय हो। यो बेलामा हामीले खानपान र स्वास्थ्यमा एकदमै सचेत हुनुपर्छ। यस्तो बेलामा विभिन्न भाइरस सक्रिय हुने हुँदा आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन झोल पदार्थ खाने गर्नु पर्दछ। साथै सामान्य ज्वरो आउने बित्तिकै औषधीहरु खाने गर्नु हुँदैन। पर्याप्त मात्रामा आराम गर्ने यदि धेरै दिनसम्म पनि निको भएन भने चिकित्सकको परामर्शमा मात्रै औषधी खानु राम्रो मानिन्छ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : २८ बजे

बाढीपहिरोले आठ राजमार्ग अवरुद्ध

काठमाडौं– मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग

सरकारले भन्यो : मिडियाका कार्यालयमा गाडी तेर्स्याउने समूह खोज्दैछौँ, पत्ता लगाएर कारबाही हुन्छ

काठमाडौं- सरकारले सोमबार विभिन्न सञ्चारमाध्यमहरूका कार्यालयमा त्रास फैल्याउने गरी शंकास्पद

मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं–  सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने