बाढीपहिरोले आठ राजमार्ग अवरुद्ध « Khabarhub

बाढीपहिरोले आठ राजमार्ग अवरुद्ध


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग अवरुद्ध भएका छन् । बाढीपहिरोले पूर्णरुपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको ठोरी गाउँपालिका–२ हुलाकी राजमार्ग सडकखण्डमा पर्ने ढेडुखोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक अवरुद्घ भएकोमा आज दिउँसोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । 

प्रहरी प्रधान कार्यलयले आज जारी गरेको विज्ञप्तिअनुसार काभ्रेपलाञ्चोक-सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारीसाधनहरू (बिपी राजमार्ग) सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ । 

सोमबार बिहान ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित पाङदुर, टाकुर्चे र भालु खोलासहित तीन ठाउँमा अविरल वर्षातको कारण कान्तिलोकपथ सडकखण्डमा पहिरो गई बाटो पूर्णरूपमा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिअनुसार मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यही असार २३ गते इलामको इलाम नगरपाालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण बाटो हिलो भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएकाले उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको, (उक्त स्थानमा वैकल्पिक बाटो रहेको) छ  ।

‘ताङतिङ सडकखण्ड  पूर्णरूपमा अवरुद्ध  भएको छ । यही असार २७ गते कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ भित्री सडकखण्डमा बाटो मुनि लगाइएको तार जालिको ग्याबिन पर्खाल भत्किएर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘सालझन्डि ढोरपाटन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । आइतबार अर्घाखाँचीको पाणिनी–२ ढुङ्गेखोलास्थित सालझन्डि ढोरपाटन सडकखण्डमा बाटोको माथिबाट ढुङ्गा खसी बाटो पूर्णरूपमा अवरुद्ध भएको हो ।’
    
यसैगरी कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार गुल्मीको कालीगण्डकी–४ पुर्तिघाटस्थित कालीगण्डकी करिडोर सडकखण्डमा पातुखोलाको बहाव बढी भएपछि बाटो अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिअनुसार मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार कास्कीको मादी–४ भैसेस्थित मध्यपहाडी लोकमार्गअन्तर्गत भैँसेबाट इदि जाने (भित्री सडक) मा ओख्रेभिरबाट झरेको लेदो, पहिरो र मादी खोलाको पानीसमेत सडकमा आइ बाटो पूर्णरूपमा अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार रिडी वामी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । आज बिहान गुल्मीको मुसिकोट–५ तल्लो फाँटस्थित रिडी वामी सडकखण्डको ठाँडो गिरु खोलाको बहाव बढी बाटो कटान गरी लगेको हुँदा बाटो अवरुद्ध भएको हो । 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ५ : ५५ बजे

मधेस प्रदेशसभा : प्रदेश विनियोजन विधेयकमाथि छलफल

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी