अनन्तश्री ब्राह्माण्डीय महायज्ञ तयारी अन्तिम चरणमा « Khabarhub

अनन्तश्री ब्राह्माण्डीय महायज्ञ तयारी अन्तिम चरणमा


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

बागलुङ–  बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक गर्न थालिएको हो । जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्राह्माण्डीय महायज्ञ गर्न लागिएको हो ।  पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो ।

अहिले थुप्रै योजना पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेका र तिनको पूर्णताका लागि लाखौँ भक्तजनलाई महायज्ञमा आमन्त्रण गरी आवश्यक सहयोगका लागि आह्वान गरिएको छ ।

महायज्ञमा हजारौँ भक्तजन उपस्थित हुने हुँदा उनीहरूका लागि आवास, भोजनालय, लिङ्गा गाड्ने, आन्तरिक व्यवस्थापन तयारी पूरा भएको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए ।

उनका अनुसार महायज्ञको पहिलो दिन मुक्तिनाथबाट त्रिवेणी धामसम्मका एक सय आठजना नौ वर्षका कन्याले उद्घाटन गर्नेछन् । कालीगण्डकीको तिरबाट शिरसम्मका कन्याको व्यवस्थापनसमेत गरिसकेको उनको भनाइ छ । महायज्ञमा नौ कन्याको उचाइ बराबरको नौवटा मौलो राखिने अध्यक्ष दाहालले बताए ।

नौवटा मौलो धान, चामल, गहुँ, मकै, चना, तिल, जौँ, सर्सिउँ र मासको रहने उनको भनाइ छ । जसका लागि सबैथरि अन्न व्यवस्थापनसमेत गरिसकेको दाहालको भनाइ छ ।

महायज्ञमा १० गते राष्ट्रपति रामचन्द्र पौडेल, ११ गते शिक्षामन्त्री अशोककुमार राई तथा संस्कृतिविद्हरू, १२ गते गण्डकी प्रदेशका सबै पालिकाका जनप्रतिनिधि, १३ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाउसहित सातवटै प्रदेशका मुख्यमन्त्री, १४ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र रक्षामन्त्री पूर्णबहादुर खड्का, १५ गते कृषिमन्त्री डा. बेदुराम भुसाललगायतका अतिथि आउने हुँदा सोहीअनुसारको व्यवस्थापनलाई तीव्र पारिएको अध्यक्ष दाहालले बताए ।

महायज्ञको ३१ फिट अग्लो मौलोलाई देशव्यापी घुमाएर पञ्चकोटमा भित्र्याइसकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई सबै धानले पुर्ने बताए । त्यसका लागि २१ हजार क्विन्टल धानसमेत पञ्चकोटमा ल्याइसकेको छ । महायज्ञमा सवा लाखा नरिवल हवन हुनेछ ।

यज्ञमा हरेक सहभागीले आफैँले सुक्खा नरिवल लिएर जानेछन् र सो नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगव्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिने व्यवस्था मिलाइएको छ । नरिवललाई कालीगण्डकीको जलले धोएर यी द्रव्य भर्ने व्यवस्था महायज्ञ आयोजक समितिले मिलाएको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : १३ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ