समाजवादी मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द विप्लव « Khabarhub

समाजवादी मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द विप्लव


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको  छ ।

आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक तोकेको हो ।

आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने छन्। यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए।

समाजवादी मोर्चामा तीन–तीन महिनामा चक्रीय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने सहमति छ ।

बैठकमा समसामयिक, राजनीतिक परिस्थिति तथा समाजवादी मोर्चालाई जिल्लास्तरमा विस्तार गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : २१ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको