ईशनाथ घटना : सरस्वतीकाे मूर्ति सेलाउन डीआईजीको कमाण्डमा ७ सय प्रहरी परिचालन | Khabarhub Khabarhub

ईशनाथ घटना : सरस्वतीकाे मूर्ति सेलाउन डीआईजीको कमाण्डमा ७ सय प्रहरी परिचालन


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएकाे हाे ।

बाटो खुलाउने प्रहरीको २४ घन्टा बढीको प्रयास असफल भएर शनिबार दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।  घिउरामा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रबार दिउँसोदेखि नै बाटो अवरुद्ध भएको स्थानमा  शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो । झडपमा दुबै पक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या यकिन नभएको जनाएको छ ।

शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ । घिउरा गाउँका स्थानीयले शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँको उत्तर विद्यालय छेउको पोखरीमा जानेक्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि मूर्ति त्यहीँ सुरक्षित राखिएको प्रहरीले जनाएको छ। तर, सरस्वतीको मूर्ति तथा डिजे बाजामा तोडफोड र क्षति पुर्‍याइएको हिन्दुपक्षले गुनासो गर्दै आएको छ।

उक्त क्षेत्रका नेतृत्व गरिरहेका संघीय संसद किरण साहको पहलमा सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुबै पक्षलाई राखेर  मूर्ति सेलाउन दिने शनिबार सहमति भएको थियो । सहमतिविपरीत मुस्लिम समुदायका  केही उच्छृंखल युवाहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त  बनेपछि  मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र साह घटनास्थल पुगेपछि कर्फ्यू आदेश जारी भएको थियो ।

कर्फ्यू आदेश जारी भएपछि त्यहाँको अवस्था सामान्य बनेको छ । दुबै समुदायका मानिस आआफ्नो घरभित्र बसिरहेका छन् । हाल कर्फ्यू भित्रै सरस्वती माताको मूर्ति सेलाउने योजना प्रहरीको रहेको छ । मूर्ति सेलाउने क्रममा कुनै अप्रिय नहोस् भनेर घिउरा गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्लाको विभिन्न युनिटदेखि प्रदेशबाट थप आएका गरी नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका दुई सय गरी ७ सय जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् । ईशनाथ- ७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा विवाद सुरु भएसँगै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ स्थलगत रुपमा खटिएका छन् । दुबै समुदायलाई सम्झाइ बुझाइ बिग्रिएको भाईचारा बनाउन सके ठूलो उपलब्धि हुने एसपी श्रेष्ठको भनाइ छ ।

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल २४ घण्टादेखि ईशनाथ केन्द्रित भएका छन् । उनले दुवै समुदाय विगतमा जस्तै मिलेर बस्ने वातावरण बनाउन आफूहरु प्रयासरत रहेको बताएका छन् ।  संघीय सांसद किरण साहले शनिबार भएको दुईपक्षीय सहमती तोड्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १ : ५५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको