थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन रिहा « Khabarhub

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन रिहा


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बै‌कक- थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महिनापछि आइतबार पेरोलमा रिहा भएका छन् । पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो ।

शर्तहरू पालना नभएको अवस्थामा उनीहरूलाई पुनः गिरफ्तार गरी जेलमा फिर्ता गर्न सकिन्छ । स्थानीय समयअनुसार आइतबार बिहान एउटा प्रहरी अस्पतालबाट थाक्सिन कारमा चढेर घर फर्केका हुन् । उनले त्यस अस्पतालमा स्वास्थ्योपचार गरेको र एक वर्षको जेल सजायको छ महिना सोही अस्पतालमा बिताएको सिन्ह्वाका संवाददाताहरूले बताएका छन् ।

थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनले यस पहिले नै थाक्सिनलाई पेरोलमा रिहा गर्नु कानुनसम्मत हुने बताएका थिए । देशको कानुन तथा न्याय मन्त्रालयका अनुसार यसै महिना पेरोलका लागि स्वीकृत ९३० कैदीमध्ये ७४ वर्षीय पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुन् ।

थाइल्याण्डको कानुन अनुसार उनी ७० वर्षभन्दा बढी उमेर पुगेको र गम्भीर रोगबाट पीडित भएकोले पेरोलका लागि योग्य भएका हुन् । थाक्सिनले १५ वर्षभन्दा लामो निर्वासन तोडेर गत वर्षको अगस्टमा थाइल्याण्ड फर्केका थिए तर उनलाई तत्काल हिरासतमा लिइएको थियो र विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

स्वदेश फर्केको केही समयपछि स्वास्थ्य समस्याका कारण उनलाई बैङ्ककको जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो । गत सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले थाक्सिनको आठ वर्षको जेल सजाय घटाएर एक वर्ष कायम गरेका थिए । थाक्सिन सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको प्रधानमन्त्री थिए तर सन् २००८ देखि उनी स्वनिर्वासनमा थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  २ : ५७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते