रौतहटको ईशनाथमा कर्फ्युको दायरा थप फराकिलो « Khabarhub

रौतहटको ईशनाथमा कर्फ्युको दायरा थप फराकिलो


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्छृङ्खल गतिविधि हुँदा जिल्ला प्रशासनले कर्फ्यूको दायरा बढाएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

झडपमा दुबै समुदायका मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रजिअ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू अवधिमै उच्छृङ्खला गतिविधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ ।

कर्फ्यू जारी भएसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७ सय जनशक्ती परिचालन गरिएको छ । कर्फ्यू अवधिमै थप सम्प्रदायिक विवाद बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रजिअ रेग्मीले आइतबार एक सूचना जारी गर्दै कर्फ्युको दायरा फराकिलो बनाइएको जनाएका छन् ।

बनजरहा नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैया देखि जयनगरसम्म चार किल्ला भित्र कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । साथै यस सम्प्रदायिक विवाद फैलाउने वा बढाउने कुनै प्रकारको तस्वीर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।

पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटनासँग जोडिएको विभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिबिधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाबासीलाई आग्रह गरेको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ३ : ४५ बजे

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा

झापामा मकै उत्पादन घट्यो 

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा,

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा