तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन पूर्वसचिव सहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरु भीम उपाध्याय, गजेन्द्र ठाकुर र सञ्जय शर्मा सहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, सदस्यहरु मुकुन्द पौडेल र रुद्रसिंह तामाङलाई प्रतिवादी बनाएको छ ।

त्यसैगरी, अख्तियारले दायर गरेको मुद्दामा चन्द्रबहादुर थापा, मणिचन्द्र न्यौपाने, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल, केदारप्रसाद अर्याल, भोजविक्रम थापा, शिवकुमार शर्मा, परामर्शदाता कम्पनी इप्तीसा सर्भिस डी इन्जिनीयरिङ एसएल र बीईटीई कन्सल्टिङ सर्भिस जेभी र निर्माण व्यवसायी सीएमसी डी रभेनालाई पनि प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : १४ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।