पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी नगरपालिका-२ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका- २ बालकोट बस्ने २६ वर्षीय समीर कुमार कर्ण रहेका छन् ।

कर्णले सम्पूर्ण तामाङलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, त्यसको लागि १६ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङकाे काम लगाइदिन्छु जहाँ मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पटक पटक गरी ८ लाख ३० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा शुक्रबार बानेश्चर पानीट्याङकीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : ०४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल