सुशासनको कुरा गरेर नथाक्ने भीम उपाध्यायविरुद्ध नै भ्रष्टाचारको मुद्दा « Khabarhub

सुशासनको कुरा गरेर नथाक्ने भीम उपाध्यायविरुद्ध नै भ्रष्टाचारको मुद्दा


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय सुशासनको कुरा गरेर कहिल्यै थाक्दैनन् । सामाजिक सञ्जालमा असाध्यै सक्रिय रहने उनी बारम्बार भ्रष्टाचारका विरुद्धमा अभिव्यक्ति दिइरहन्छन् । सामाजिक सञ्जालमा उनले गरेका पोस्टहरु हेर्दा लाग्छ कि उनी ठूलै भ्रष्टाचारविरोधी अभियन्ता हुन् ।

तर, उनै पूर्वसचिव उपाध्यायमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले उपाध्यायसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले दायर गरेको मुद्दामा उनीसँगै थप दुई पूर्वसचिवसँगै १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले खानेपानी मन्त्रालयमा सचिव पदमा रहँदा उनले निर्माण व्यवसायीसँग ७ अर्ब ७२ करोड (भ्याट बाहेक) बराबरको सम्झौता भएकोमा ठेक्का सम्झौता भएको मितिदेखि निर्माण व्यवसायीले साइट छाडेको अवधिसम्म सम्झौताविपरीत र कानुनले तोकेभन्दा बढी भुक्तानी गरेको आरोप लगाएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो माग दाबी गरिएको गरेको छ ।

त्यसबाहेक मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

यो पनि…

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : १९ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको