गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय « Khabarhub

गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नहरुलाई जोगाउने, माफियाहरुलाई पोस्ने काम गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले शिक्षासम्बन्धी हकको पूर्ण कार्यान्वयनका लागि हाल संसदमा छलफलमा रहेको विधालय शिक्षासम्बन्धी विधेयकलाई सुझावसहित पारित गर्न माग गरेको छ । संगठले विधानबमोजिम केन्द्रीय कमिटीमा दश प्रतिशत मनोनित गर्दा ३० वर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ भने बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न पनि माग गरिएको छ ।

पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकार निकट विद्यार्थी संगठनहरुले कानून हातमा लिएर अराजकता मच्चाउँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाए । शिक्षा क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सरकारको ध्यानाकर्षण गराउने र यसका लागि सडकमा जाने निर्णय भएको उनले बताए ।

त्यसैगरी, अनेरास्ववियुले अखिल पाठशाला कार्यक्रम सञ्चालन गर्ने, स्ववियु कप राष्ट्रिय भलिवल प्रतियोगीता आयोजना गर्ने, कर्णाली प्रदेश लगाएतका दुर्गम क्षेत्रमा हवाई भाडामा ३३ प्रतिशत विद्यार्थी छुटका लागि सरकारलाई दबाब दिनेलगायतका निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : १३ बजे

सिरहामा थपिए ११ हजार ४३७ मतदाता

सिरहा– सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन् ।  पछिल्लो

हर्क साम्पाङले भने- सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक छ 

टक्सार– श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले

समाजलाई बालविवाह मुक्त गराउन वर्तमान कानुन नै प्रभावकारी छ, कार्यान्वयन गरौँ : उपसभामुख दनुवार

काठमाडौं– कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले समाजलाई बालविवाह मुक्त गराउन

सन्तोष परियार भन्छन्- राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने अवस्था सिर्जना भयो

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले नयाँ पार्टीले समावेशी

नेताको भ्रष्टीकरण, परिवारवाद र कुर्सीको खेलका कारण जेन-जी आन्दोलन भयो : जनार्दन शर्मा

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधिशको भक्ति