मलेसियामा अस्ताए बैतडीका युवा, पैसा कमाएर बिहे गर्ने सोच अपूरै « Khabarhub

मलेसियामा अस्ताए बैतडीका युवा, पैसा कमाएर बिहे गर्ने सोच अपूरै



काठमाडौं- बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो । शुक्रबार राति कोठामा सुतेका उनी शनिबार बिहान मृत फेला परेका थिए ।

आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाईसी कम्पनीमा कार्यरत थिए । ६ वर्ष  मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।

मलेसियामा ६ वर्ष काम गरेर गत असोज महिनामा घर फर्केका विष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः मलेसिया गएका थिए । अर्कोपटक घर आउँदा बिहे गर्ने सोच बनाएर पैसा कमाउन वैदेशिक रोजगारीमा गएका विष्णु उतै बितेका छन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । विष्णुको शव नेपाल ल्याउन अहिले पहल भइरहेको आफन्त एवं दशरथचन्द नगरपालिका–४ का वडासदस्य देवराम लोहारले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ४४ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट