मलेसियामा अस्ताए बैतडीका युवा, पैसा कमाएर बिहे गर्ने सोच अपूरै « Khabarhub

मलेसियामा अस्ताए बैतडीका युवा, पैसा कमाएर बिहे गर्ने सोच अपूरै



काठमाडौं- बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो । शुक्रबार राति कोठामा सुतेका उनी शनिबार बिहान मृत फेला परेका थिए ।

आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाईसी कम्पनीमा कार्यरत थिए । ६ वर्ष  मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।

मलेसियामा ६ वर्ष काम गरेर गत असोज महिनामा घर फर्केका विष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः मलेसिया गएका थिए । अर्कोपटक घर आउँदा बिहे गर्ने सोच बनाएर पैसा कमाउन वैदेशिक रोजगारीमा गएका विष्णु उतै बितेका छन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । विष्णुको शव नेपाल ल्याउन अहिले पहल भइरहेको आफन्त एवं दशरथचन्द नगरपालिका–४ का वडासदस्य देवराम लोहारले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ४४ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज