सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ : ओली « Khabarhub

सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ : ओली


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कैलाली – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइने बताएका छन् ।

नेकपा (एमाले) कैलालीको नवौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले राजनीतिक परिवर्तनलाई मूर्त रुप दिई देशमा सुशासनको बाटोमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताए।

उनले भने, “राजनीतिक क्षेत्रमा बलिदान ग-यौँ, अब विकासमार्फत देशलाई परिवर्तन गर्नुछ ।” अहिले मुलुक गम्भीर मोडमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रियता कमजोर भएको बताए ।

आफ्नो पार्टीले हरेक पालिकामा अस्पताल बनाउने कुरामा जोड दिएको उनको भनाइ थियो । आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको अध्यक्ष ओलीको आरोप थियो ।

देशमा रोजगारीको सृजना गर्न नसक्नु विडम्बना रहेको उल्लेख गर्दै गाउँबस्ती रित्ता भइरहेकामा चिन्ता व्यक्त गरे ।

“दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिएका छन् । म प्रधानमन्त्री भएको बेला उत्पादन वृद्धि भएको थियो, पूर्वाधारको विकास भएको थियो । एकै दिनमा दुई सय १० पालिका सदरमुकाम जोड्ने सडक शिलान्यास गरेको थिए । आज ती सडक अलपत्र छन्”, उनले भने , “हामीलाई यो देशमा सुशासन ल्याउनु छ, रोजगारीको अवसर सृजना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।”

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १० : १४ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई