एकातर्फ संसार अहिले गरिबीतर्फ धकेलिएको छ। आर्थिक मन्दीको असर संसारका धेरै देशमा परेको छ। तेस्रो विश्वमा आएका अनेक समस्याका कारण धेरै देशमा युवाको आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपेली देशतर्फ बढ्दो छ।
यो आकर्षण युद्धरत देश र निम्न तथा मध्यम आय भएका देशमा अझ बढी छ। तेस्रो विश्वबाट वैध र अवैध रूपले धेरै आप्रवासी बढ्न थालेपछि धेरै देशमा अहिले आप्रवासी मुद्दा पेचिलो बनेको छ। यसरी आप्रवासी मुद्दा पेचिलो बनेपछि अस्ट्रेलिया सरकारले नै नीति परिवर्तन गरेको छ। अस्ट्रेलियाले पछिल्लो समय आफ्नो नीतिमा परिवर्तन गरेको हो। परिवर्तित आप्रवासी नीति धेरैका लागि याद गर्नुपर्ने विषय बनेको छ। त्यो निम्न तथा मध्यम आय भएका देशका नागरिकका लागि विशेष छ।
अस्ट्रेलियन दूतावासले तीन पाथवे मापदण्ड अपनाएको छ। सन् २०२४ देखि लागु हुने गरी यो पाथ वे तयारी भएको हो। एकदमै बढी सीप भएका आप्रवासीलाई अस्ट्रेलियाले चासो दिने गरेका छ। यसलाई हाइली स्किल पाथवेको मापदण्डमा राखेको छ। यस खालको जनशक्तिले वार्षिक अस्ट्रेलियन डलर एक लाख ३५ हजार भन्दा बढी कमाउन सक्छन्। यो काम मेसीनरी काम, ट्रेड वर्कर र सवारी चालक भन्दा पृथक् रहने गरेको छ।
अस्ट्रेलियन दूतावासले तीन पाथवे मापदण्ड अपनाएको छ। सन् २०२४ देखि लागु हुने गरी यो पाथ वे तयारी भएको हो। एकदमै बढी सीप भएका आप्रवासीलाई अस्ट्रेलियाले चासो दिने गरेका छ। यसलाई हाइली स्किल पाथवेको मापदण्डमा राखेको छ।
अर्को मापदण्ड कोर स्किल पाथवे राखिएको छ। यो स्किल अन्तरगत यसमा केही अस्थायी सीपका कुरा राखिएका हुन्छन्। यस अन्तरगत नयाँ कोर सिप भएका आवेदक रहेका हुन्छन्। अस्ट्रेलियामा काम लाग्ने खालका अस्थायी प्रकृतिका सीपहरू पनि हुनसक्छन्।
अर्को भिसाको स्वरूप हुन्छ, एसेन्सीयल स्किल पाथवे। यस अन्तरगतका कामदारको आम्दानी वार्षिक ७० हजार अमेरिकी डलर भन्दा कम हुन्छ। यो अस्ट्रेलियाको सरकारले धेरै प्राथमिकता नदिने भए पनि तेस्रो विश्वको आम्दानीको तुलनामा धेरै हुनसक्छ। यो भिसा चार वर्षका लागि हुनेछ। भिसा प्रोसेस प्रक्रिया मूल रूपमा २१ दिनको हुनेछ।
विद्यार्थी भिसाको हकमा जेन्युन टेम्पोरी इन्ट्रान्टलाई जेन्युन स्टुडेन्ट रिक्वायरमेन्टले विस्थापित गरिएको छ। विद्यार्थीबाट आवेदन लिनका लागि यस सवालमा गृह मन्त्रालयको सहयोग अध्यागमन विभागले लिन सक्नेछ।
सन् २०२४ को सुरुवातदेखि अस्ट्रेलियाको दूतावासले विद्यार्थीका लागि अङ्ग्रेजी भाषा अनिवार्य गरेको हो। आइएल्ट्को लागि टेस्ट स्कोर ५ दशमलव ५ देखि ६ को बिचमा हुनु अनिवार्य गरिएको छ। कोर्सको ६ महिना पुरा नभएसम्म आवेदक विद्यार्थीले इनरोलमेन्टको कनफरमेसन इस्यु हुन सक्ने छैन।
अहिले पढ्ने कोर्सको समय पनि फेरिएको छ। स्नातक तह अथवा स्नातकोत्तर तहको कोर्स समय दुई वर्षको राखिएको छ। रिसर्च सहितको स्नातकोत्तरको तीन वर्ष राखिएको छ। निश्चित क्षेत्रका विद्यार्थीले एक या दुई वर्षको थप भिसा पाउन सक्नेछन्। यो स्थान अनुसार निर्धारण हुनेछ। पढीरहेको समयमा सिपमूलक काम पाएमा अर्को चार वर्षका लागि भिसा थप हुने प्रावधान अस्ट्रेलियाले राखेको छ। पिआरका लागि यो एउटा बाटो पनि बन्न सक्नेछ।
अहिले पढ्ने कोर्सको समय पनि फेरिएको छ। स्नातक तह अथवा स्नातकोत्तर तहको कोर्स समय दुई वर्षको राखिएको छ। रिसर्च सहितको स्नातकोत्तरको तीन वर्ष राखिएको छ। निश्चित क्षेत्रका विद्यार्थीले एक या दुई वर्षको थप भिसा पाउन सक्नेछन्। यो स्थान अनुसार निर्धारण हुनेछ।
टेम्पोररी ग्रयाजुएट भिसाका लागि अहिले आवश्यक उमेर सन् २०२३ को अन्त्यसम्म ५० वर्ष भन्दा कम भए पनि अहिले त्यो उमेर घटाएर ३५ वर्ष भन्दा कम राखिएको छ। टेम्पोररी ग्रयाजुएट भिसाका लागि अब ६ दशमलव ६ भन्दा माथिको स्कोर आवश्यक हुन्छ।
आप्रवासी माइग्रेसनको दरलाई घटाउने योजना अस्ट्रेलिया सरकारले लिएको छ। आर्थिक वर्ष सन् २०२२–२३ को बिचमा यो दर पाँच लाख १० हजार भए पनि अबको आर्थिक वर्ष सन् २०२३/२४ मा तीन लाख ५० मा घटाउने लक्ष्य अस्ट्रेलियाको छ । यो दर सन् २०२४–२५ मा अझ घटाएर दुई लाख ५० हजारमा सीमित गर्ने लक्ष्य हो।
एकातर्फ संसारका धनी देश गरिब देशबाट विद्यार्थी भिसामा आउन चाहने मात्र होइन जीवन सङ्कटमा परेर बाच्नका लागि आउने समेतलाई सुरक्षा कसरी दिने भन्नेमा तल्लीन छन्। ती धेरै देशमा अहिले आप्रवासी मुद्दा मुख्य बहसको विषय बन्न थालेको छ। यो मुद्दा बेलायत र अमेरिकामा अझ बढी उठ्न थालेको छ।
धनी देशको यो समस्याका बिच निम्न तथा मध्यम आय भएका देशमा पनि समस्या थपिएको छ। यसरी थपिएका समस्यामा ब्रेन ड्रेनको समस्या हो। स्वास्थ्य मानसिक अवस्था भएकाहरूको पलायन नै ब्रेन ड्रेन हो। यसरी हुने ब्रेन ड्रेनको समस्याले निम्न तथा मध्यम आय भएका देशलाई अझ अप्ठेरोमा धकेलेको धेरै विश्लेषकले ठहर छ।
जुन देशमा धेरै शिक्षित व्यक्ति पुग्ने गरेका छन् ती देशले शिक्षामा गरेको लगानी बिना नै शिक्षित जनशक्ति पाइरहेका छन्। अर्कोतर्फ जुन देशबाट त्यहाँ पुगेका छन् उनीहरूले शिक्षामा गरेको लगानी अनुसारको प्रतिफल पाउन सकेका छैनन्।
स्वास्थ्य मानसिक अवस्था भएकाहरूको पलायन नै ब्रेन ड्रेन हो। ब्रेन ड्रेनको समस्याले निम्न तथा मध्यम आय भएका देशलाई अझ अप्ठेरोमा धकेलेको धेरै विश्लेषकले ठहर छ।
शताब्दीको अन्त्य भएपछि सन् २००० मै एउटा तथ्यांक सार्वजनिक भएको थियो। सो तथ्यांक अनुसार संसारका दुई दशमलव ९ प्रतिशत व्यक्ति आफू जन्मेको देश छाडेर अन्यत्र पुगेका रहेछन्। यसरी जानेमध्ये प्राय काम गर्ने उमेरका नै थिए। एक देशबाट अर्को देशमा सबै भन्दा धेरै जाने र धनी देशले पनि सहजै स्वागत गर्नेमा स्वास्थ्य क्षेत्रमा आबद्ध नै थिए। नर्सप्रति संसारका धेरै धनी देशको आकर्षण देखिएको थियो।
सन् १९४० मै संसारका धेरै देशमा यो एउटा गम्भीर बहसको विषय बनेको थियो। धेरै युरोपेली देशका चिकित्सक नै बेलायत र अमेरिका पुग्न थालेपछि युरोपेली देशले स्वास्थ्य क्षेत्रमा दिने सुविधाको बारे नयाँ नीति नै लिएको थियो। भारत, पाकिस्तान र श्रीलङ्कामा पनि यस्तै समस्या देखिएको थियो। त्यो समस्या धेरै हदसम्म निराकरण भइसकेको छ।
कारण जे भए पनि पछिल्लो समय माइग्रेसनको क्रम जसरी बढेको छ, त्यसले संसारका धेरै देशको अर्थतन्त्रमा नै असर गरेको छ। धनी र विकसित देशको अध्यागमन नीतिका बारे जानकारी नलिई जानेको सङ्ख्या पनि त्यत्तिकै भएका कारण अप्ठेरोमा पर्नेको संख्या निरन्तर बढ्न थालेको छ। स्रोतः भिसा इन्भोइ, एनसीबीअइडट एनएमएल
प्रतिक्रिया