चीनका विदेशमन्त्री वाङ न्युजिल्यान्ड भ्रमणमा | Khabarhub Khabarhub

चीनका विदेशमन्त्री वाङ न्युजिल्यान्ड भ्रमणमा


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले सोमबार न्युजिल्यान्डको भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले ’अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थिति’ को सामना गर्दै ‘मित्रहरू’ सँग काम गर्ने आवश्यकतामा जोड दिएका छन् । 

वाङको यो भ्रमणले न्युजिल्यान्ड र अस्ट्रेलियामार्फत कूटनीतिक आक्रमणको सुरुआतलाई संकेत गर्दछ । सन् २०१७ पछि वाङको यो कुनै पनि मुलुकको पहिलो भ्रमण हो । बेइजिङले घरेलुस्तरमा सुस्त आर्थिक वृद्धिबाट हुने पीडालाई कम गर्न चाहेको बेला भ्रमणमा व्यापारमाथि व्यापक ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ । 

न्युजिल्यान्डका आफ्ना समकक्षीसँगको भेटअघि राजधानी वेलिङ्टनमा बोल्दै वाङले आफ्नो भ्रमण ताइवान र दक्षिण चीन सागर जस्ता मुद्दामा बेइजिङको आक्रामक अडान अपनाएकाले तनावमा परेको कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउने अवसर भएको बताए । 

‘वर्तमान अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा न्युजिल्यान्डका हाम्रा मित्रहरूसँग रणनीतिक सञ्चार सुदृढ बनाउन हामी इच्छुक छौँ’, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँगको बैठकअघि उनले भने, ‘साथै हामी यस क्षेत्र र विश्वमा शान्ति तथा स्थिरता कायम राख्न मिलेर काम गर्नेछौँ ।’

न्युजिल्यान्ड संयुक्त राज्य अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य र अस्ट्रेलियासँग फाइब आइज गुप्तचर साझेदारी गठबन्धनको हिस्सा हो । यद्यपि आफ्नो व्यापारिक सम्बन्धलाई आफ्ना सहयोगीहरूको चिन्ताभन्दा माथि राखेर चीनमाथि नरम व्यवहार अपनाएकामा वेलिङ्टनको आलोचना गरिएको छ । 

चीन न्युजिल्यान्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र चिनियाँ उपभोक्ताहरू लामो समयदेखि न्युजिल्यान्डको मासु, मदिरा, दूध र काठमा निर्भर छन् । 

‘चीन–न्युजिल्यान्ड सम्बन्ध विकसित मुलुकहरूसँगको चीनको सम्बन्धभन्दा अग्रपङ्क्तिमा रहनेछ’, विदेशमन्त्री वाङले भने, ‘हामीबीचको सम्बन्ध सुमधुर र राम्रोसँग विकसित भएको छ ।’

यसै साताको अन्त्यमा वाङले क्यानबेरामा अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङसँग भेट गर्नेछन्। चीन र अस्ट्रेलियाले हालै व्यापार विवादहरूको एउटा शृङ्खलाको समाधान गरेका छन् । 

क्यानबेराले फाइब जी सम्झौताबाट हुवावेलाई प्रतिबन्ध लगाएको र कोभिड-१९ को उत्पत्तिको जाँचको आह्वान गरेको जवाफमा बेइजिङले सन् २०२० मा प्रमुख निर्यातहरूमा शुल्क र व्यापार अवरोध लगाएको थियो ।  

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : १५ बजे

छठ पर्वप्रति नेपालगन्जवासीको मोह बढ्दै

राँझा–  पश्चिम तराईको सहर नेपालगन्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको

पोखराका चार स्थानमा छठपूजा गरिँदै

कास्की– पर्यटकीय राजधानी पोखरामासमेत छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको

काभ्रेमा तोडफोड-आगजनी घटनाको अनुसन्धान गर्दै प्रहरी

काभ्रेपलाञ्चोक– गत भदौ तेस्रो साता भएको जेन-जी आन्दोलनका क्रममा तोडफोड

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

धानको समर्थन मूल्यको पर्खाइमा किसान

कैलाली– कैलालीको टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा