धनगढीका नगरप्रमुख हमाललाई कसले दियो ज्यान मार्ने धम्की ? « Khabarhub

धनगढीका नगरप्रमुख हमाललाई कसले दियो ज्यान मार्ने धम्की ?


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् । 

नगर प्रमुख हमाललाई ह्वाट्सएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेस गरेका छन् । 

प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले निवेदन पेस गरेको जिल्ला प्रहरी कार्यालय पठाइएको बताए ।  

प्रहरी प्रवक्ता कुलदीप चन्दले धम्की दिने व्यक्तिलाई भोलि छलफलका लागि बोलाइएको बताए। उनले व्यक्तिसँग छलफलपछि मात्र धम्की कारण थाहा हुने बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : ५८ बजे

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका