आईसीसीका अध्यक्ष बार्कले नेपालमा « Khabarhub

आईसीसीका अध्यक्ष बार्कले नेपालमा


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

सोमबार ४ बजे नेपाल आई पुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए ।

चार दिने नेपाल बसाइका क्रममा मंगलबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गर्नेछन्। यस्तै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग भेट गर्नेछन्। 

मंगलबार नै क्यानका बोर्ड सदस्यसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

बुधबार स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको भ्रमण गर्ने उनलाई माउन्टेन फ्लाइट पनि गराउने क्यानको तयारी छ। 

बार्कले बिहीबार बिहान फर्किनेछन्। भारतमा शुक्रबार शुरु हुने इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी हुनेछन्।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : ३० बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)