दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुन्छ « Khabarhub

दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुन्छ


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषिमन्त्री ज्वालाकुमारी साहले दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुने बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित दुधपान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले निजी क्षेत्रबाट किसानहरुलाई चार अर्ब र डिडिसीबाट दुई अर्ब भुक्तानी गर्न बाँकी रहेको देखिएकाले डिडिसीका तर्फबाट ऋण स्वरुप ३० करोड निकासा गर्न स्वीकृत भइसकेको जानकारी दिइन् ।

उक्त रकम एक हप्ताभित्र किसानको हातमा पुग्ने उनले दावी गरिन् । उनले पशु बिमा कम्पनीलाई सञ्चालन गर्न ४८ करोड रुपैयाँ स्वीकृत प्रदान गरिसकेको जानकारी दिइन् । मन्त्री साहले दूध उत्पादन गरे अनुसार बिक्रीको समस्या देखिएको भन्दै सरकारले बिभिन्न कार्यक्रम सञ्चालन गरि सहज रुपमा दूध बिक्रीको व्यवस्था गरिने बताइन् ।

उनले विद्यालय दिवा खाजा कार्यक्रममा कम्तीमा एक गिलास दुध अनिवार्य रुपमा दिनुपर्ने नीतिलाई कार्यान्वयन गर्नुपर्ने बताइन् । नेपाल डेरी एसोसिएसनको आयोजना र दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौंको प्रोलिफिक माविमा दुधपान कार्यक्रम आयोजना गरिएको हो ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै