निफमा ‘बुलाकी’को वर्चस्व, विपिन उत्कृष्ट अभिनेता घोषित « Khabarhub

निफमा ‘बुलाकी’को वर्चस्व, विपिन उत्कृष्ट अभिनेता घोषित


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा चलचित्र ‘बुलाकी’ले वर्चस्व राखेको छ । उत्कृष्ट फिल्मको अवार्ड जितेको यस फिल्मका निर्देशक र अभिनेता आ–आफ्नो विधामा उत्कृष्ट घोषित भएका छन् ।

सुन्धारामा आयोजना गरिएको निफको समापन समारोहमा सोमबार उत्कृष्ट अभिनेताको अवार्ड ‘बुलाकी’की नायिका सुरक्षा पन्तले जितेकी हुन् । उनका प्रतिनिधिलाई प्रमाणपत्र र ट्रफी हस्तान्तरण गरिएको छ । 

त्यस्तै, ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनार उत्कृष्ट निर्देशक घोषित भए । उनलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको छ । ‘बुलाकी’ निर्माण टिमलाई उत्कृष्ट फिल्मको ट्रफी, प्रमाणपत्र र एक लाख रुपैयाँ राशीले सम्मान गरिएको छ ।  

अवार्ड लिँदै बुलाकी टिम

त्यस्तै उत्कृष्ट अभिनेताको अवार्ड भने विपिन कार्कीले जितेका छन् । उनले फिल्म ‘एक भागवत एक गिता’बाट उनले सो अवार्ड जितेका हुन् । उनलाई ट्रफी र प्रमाणप्रत्रले सम्मान गरिएको छ । 

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट फिल्मको अवार्ड ‘वाइल्ड स्वान्स’ले जितेको छ । फिल्मका प्रतिनिधिलाई ट्रफी र १५ सय डलर हस्तान्तरण गरिएको थियो ।

हेर्नुहोस् तस्बिरहरु

 

 

तस्बिर : चिरायु शाक्य/खबरहब

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ५९ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६