आगलागी पीडितलाई राहत « Khabarhub

आगलागी पीडितलाई राहत


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भोजपुर । आगलागीबाट घरबारविहीन बनेका भोजपुरका अग्निपीडितलाई प्रदेश सांसद तथा नेपाली कांग्रेसका भोजपुर सभापति विनोद वान्तवा र भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेसहित वडाबाट राहत सामग्री सहयोग गरिएको छ ।

गत शनिबार नजिकैको जङ्गलमा लागेको डढेलो बस्तीमा आउँदा घरबार गुमाउने भोजपुर नगरपालिका–१२, मालबाँसेका अग्निपीडितलाई आज घटनास्थलमा नै पुगेर राहतका सामग्री वितरण गरिएको भोजपुर नगरपालिका–१२ का वडाध्यक्ष देवीप्रसाद कार्कीले जानकारी दिए ।

नगरपालिकाका तर्फबाट पाँच परिवारलाई एक बोराका दरले चामल, एक कार्टुन तेल, साबुन, चिनी र नुन वितरण गरिएको छ । यसैगरी, प्रदेश सांसद वान्तवाका तर्फबाट पनि पाँच बोरा चामल र प्रतिपरिवार एक लिटर तेल वितरण गरिएको छ ।

वडा नं १२ टक्सारले खानेपानीका लागि ड्रम र बसोबासमा समस्या भएका दुई अग्निपीडित परिवारलाई चार बन्डेल जस्तापाता सहयोग गरेको छ । तत्कालका लागि पीडित परिवारलाई राहत दिनका लागि यी सामग्री वितरण गरिएको भोजपुर नगरपालिका प्रमुख आलेले बताए । आगामी दिनमा गरिने सहयोगका विषयमा बैठक बसेर निर्णय गरिने प्रमुख आलेको भनाइ रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले पनि पीडित परिवारलाई आवश्यक सामग्री सहयोग गरेको सभापति तुलबहादुर सुब्बाले जानकारी दिए । आगलागीबाट स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीलगायत परिवारलाई राहत उपलब्ध गराइएको हो । आगलागीबाट सात घर पूर्णरुपमा जलेर नष्ट भएको भए पनि दुई घरमा भने बसोबास थिएन ।

यसैगरी, आगलागीबाट १० वटा गोठसमेत जलेर नष्ट हुँदा रु एक करोड तीन लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : १६ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)