आगलागी पीडितलाई राहत « Khabarhub

आगलागी पीडितलाई राहत


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भोजपुर । आगलागीबाट घरबारविहीन बनेका भोजपुरका अग्निपीडितलाई प्रदेश सांसद तथा नेपाली कांग्रेसका भोजपुर सभापति विनोद वान्तवा र भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेसहित वडाबाट राहत सामग्री सहयोग गरिएको छ ।

गत शनिबार नजिकैको जङ्गलमा लागेको डढेलो बस्तीमा आउँदा घरबार गुमाउने भोजपुर नगरपालिका–१२, मालबाँसेका अग्निपीडितलाई आज घटनास्थलमा नै पुगेर राहतका सामग्री वितरण गरिएको भोजपुर नगरपालिका–१२ का वडाध्यक्ष देवीप्रसाद कार्कीले जानकारी दिए ।

नगरपालिकाका तर्फबाट पाँच परिवारलाई एक बोराका दरले चामल, एक कार्टुन तेल, साबुन, चिनी र नुन वितरण गरिएको छ । यसैगरी, प्रदेश सांसद वान्तवाका तर्फबाट पनि पाँच बोरा चामल र प्रतिपरिवार एक लिटर तेल वितरण गरिएको छ ।

वडा नं १२ टक्सारले खानेपानीका लागि ड्रम र बसोबासमा समस्या भएका दुई अग्निपीडित परिवारलाई चार बन्डेल जस्तापाता सहयोग गरेको छ । तत्कालका लागि पीडित परिवारलाई राहत दिनका लागि यी सामग्री वितरण गरिएको भोजपुर नगरपालिका प्रमुख आलेले बताए । आगामी दिनमा गरिने सहयोगका विषयमा बैठक बसेर निर्णय गरिने प्रमुख आलेको भनाइ रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले पनि पीडित परिवारलाई आवश्यक सामग्री सहयोग गरेको सभापति तुलबहादुर सुब्बाले जानकारी दिए । आगलागीबाट स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीलगायत परिवारलाई राहत उपलब्ध गराइएको हो । आगलागीबाट सात घर पूर्णरुपमा जलेर नष्ट भएको भए पनि दुई घरमा भने बसोबास थिएन ।

यसैगरी, आगलागीबाट १० वटा गोठसमेत जलेर नष्ट हुँदा रु एक करोड तीन लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : १६ बजे

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले

बर्नह्यामको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा

एजेन्सी- बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका