आगलागीमा परी एक बालिकाको मृत्यु « Khabarhub

आगलागीमा परी एक बालिकाको मृत्यु


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कालिकोट। खाडाचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको आगोले जलेर घाइते भएकी बालिकाको ज्यान गएको छ।

आगोमा घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईको मृत्यु भएको हो। उनको सोमबारै सुर्खेतस्थित गिरीघाट खोलामा दाहसंस्कार गरिएको छ।

शुक्रबार घरमुनिको वनमा बुबासँग बाख्रा चराउन गएकी बालिका बुबा नन्दाराम चौलागाईसँगै आगोले पोलिएर घाइते भएकी थिइन्। घाइते बालिकालाई मान्म हुँदै जुम्लाबाट शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत लगिए पनि उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको प्रहरीको भनाइ छ।

वनमा चराउन लिएका उनीहरूका ४५ वटा बाख्रा सबै मरेका छन्। घरमा रहेका २ दिनका ६ वटा पाठा पनि दुध खान नपाएर मरेको बताइएको छ।

आगोले पोलिएर घाइते भएका नन्दारामको उपचारको लागि कालीकोटका स्थानीय ब्यवसायी तथा आफन्त हिरामणि चौलागाईको पहलमा नन्दाराम बचाउ अभियान संचालन गरिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ९ : ०२ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर