उत्तर कोरियाले रूसलाई सात हजार हतियार पठाएको सियोलको दाबी « Khabarhub

उत्तर कोरियाले रूसलाई सात हजार हतियार पठाएको सियोलको दाबी


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सियोल – युक्रेनसँगको युद्धमा प्रयोग गर्न उत्तर कोरियाले रूसलाई करिब सात हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार बताएका छन् ।

युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको छ भने प्योङयाङले आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।

रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा शिखर वार्ता भएको र त्यसपछि प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन थालेको यसअघि संयुक्त राज्य अमेरिकाले पनि दाबी गरेको थियो ।

रक्षामन्त्री शिन वोन सिकले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, “उत्तर कोरियाबाट रूसतर्फ सेप्टेम्बरदेखि अहिलेसम्म थप ३०० कन्टेनर हतियार पठाइएको र यसद्ध सुरू भएदेखि अहिलेसम्म करिब सात हजार कन्टेनर त्यहाँ पुगेका छन् ।”

संयुक्त राज्य अमेरिकाले सन् २०२३ अक्टोबरमा प्योङयाङबाट मस्कोमा हतियार ढुवानी भइरहेको बताएको थियो र उत्तर कोरियाले त्यस समयमा रूसलाई एक हजार भन्दा बढी कन्टेनर सैन्य उपकरण र युद्धसामग्री पठाएको दाबी गरेको थियो ।

उत्तर कोरियाले मस्कोबाट सैन्य टोही उपग्रह प्रक्षेपण गर्ने प्रयासबारे प्राविधिक सल्लाह प्राप्त गरेको बदलामा नोभेम्बरमा प्योङयाङले रूसमा १० लाखभन्दा बढी तोपगोला पठाएको सियोलले बताएको थियो ।

गत सेप्टेम्बरमा रूस भ्रमणका क्रममा किमले मस्कोसँगको द्विपक्षीय सम्बन्ध आफ्नो देशको ‘पहिलो प्राथमिकता’ भएको घोषणा गरेका थिए । यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार किमले रूसी राष्ट्रपति पुटिन पाँचौँ कार्यकालका लागि पुनः निर्वाचित भएकामा बधाई सन्देश पठाएका छन् ।

सन्देशमा भनिएको छ, “म तपाईंसँग दृढताका साथ हातेमालो गर्नेछु र आगामी समय उत्तर कोरिया–रूस मित्रताको नयाँ युग बन्नेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ९ : ३४ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित