नाइजेरियामा दुई दिनमा १०० भन्दा बढी व्यक्ति अपहरित « Khabarhub

नाइजेरियामा दुई दिनमा १०० भन्दा बढी व्यक्ति अपहरित


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

अबुजा – नाइजेरियामा अपहरणकारी समूहहरूले पछिल्ला दुई दिनमा १०० भन्दा बढी व्यक्तिको अपहरण गरेका छन् ।

नाइजेरियाको उत्तरपश्चिमी राज्यमा विद्यालयबाट करिब २५० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक हप्तापछि अपहरणकारीले पछिल्ला दुई दिनमा १०० भन्दा बढी व्यक्तिको अपहरण गरेको स्थानीय बासिन्दा र अधिकारीहरूले सोमबार एएफपीसँग बताएका छन् ।

काडुना राज्यको काजुरु इलाकामा गत सप्ताहन्तमा छुट्टाछुट्टै अपहरणका घटना भएका थिए । स्थानीय सरकारका अध्यक्ष इब्राहिम गजेरेका अनुसार आइतबार राति काजुरु स्टेसनमा बन्दुकधारीले ८७ जनालाई अपहरण गरेका छन् ।

उनले भने, “उनीहरूले बन्दुक देखाएर स्थानीयलाई घरबाट निकालेका थिए ।” स्थानीय हरिसु दारीका अनुसार राति १० बजेतिर आक्रमणकारीको समूहले गाउँमा पसेर घर–घरमा गएर स्थानीयवासीको अपहरण गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको एक स्रोत र एक पूर्व स्थानीय अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै अपहरित उक्त सङ्ख्याको पुष्टि गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार काजुरुबाट १० किलोमिटर टाढा डोगोन नोमाबाट शनिबार १६ जनालाई अपहरण गरिएको थियो ।

कडुना प्रहरी र राज्यका सुरक्षा आयुक्तले पुष्टिका लागि पटक–पटक अनुरोध गरिए पनि कुनै प्रतिक्रिया दिएनन् । नाइजेरियामा नागरिकको सुरक्षाको प्रत्याभूत गर्ने प्रतिवद्धता गरेका राष्ट्रपति बोला अहमद टिनुबुको सरकारलाई ठूलो मात्रामा अपहरणको घटनाले चुनौती दिइरहेको छ ।

नाइजेरियाली जोखिम परामर्शका लागि स्थापना भएको गैर–सरकारी संस्था ‘रिस्क कन्सल्टेन्सी एसबीएम इन्टेलिजेन्स’ले गत वर्षको मे महिनामा तिनुबुले सत्ता सम्हालेयता चार हजार सात जना अपहरणमा परेको जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु