आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार सन् २०२४ अप्रिल १८ तारिख। चैत शुक्ल पक्षको दशमी तिथि। विश्व सम्पदा दिवस परेको छ।

ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : हरेक क्षेत्रमा समस्या देखिने दिन छ। घर व्यवहारमा संकट पर्नसक्छ। आर्थिक क्षेत्र विवादित हुने जोखिम छ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

वृष : यात्रामा खर्च बढ्नेछ। आफन्तसँग रमाइलो भेट हुने दिन छ। धेरै मानिस तपाईंसँग प्रभावित हुनेछन्। व्यापारबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : यात्रा फलदायी बन्नेछ। धार्मिक क्षेत्रमा विश्वास बढ्नेछ। स्वदेशमै लगानीको अवसर सिर्जना हुनेछ। आजको दिन ठुलो कामको सुरुवात गर्नु राम्रो हुनेछ।

कर्कट : तपाईंको प्रगति हुने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आमाबुवाको आज्ञा लिएर अगाडि बढ्नुभयो भने काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : चञ्चले स्वभावको फाइदा अरुले लिनसक्ने जोखिम छ। काम गर्दा सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

कन्या : परिवारको साथ र सहयोग मिल्नेछ। यात्रा रमाइलो हुनसक्छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : मेहनतको फल प्राप्त हुनेछ। लगानीका क्षेत्रबाट सन्तोष मिल्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : शुभकार्यमा सहभागी हुने दिन छ। ठुलो काममा हात नलगाए पनि नियमित काममा अवरोध हुनेछैन। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

धनु : मन शान्त नहुनसक्छ। यात्रामा जोखिम देखिन्छ। सधै सहयोग गर्ने साथीको साथ नमिल्ने दिन बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवार र प्रेमिकासँगको सम्बन्ध रमाइलो हुनेछ।

मकर : राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा उत्साह बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवारमा खटपट हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ।

कुम्भ : सफल यात्राको योग छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। साथीले शंकाको दृष्टिले हेर्ने छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। लाभ हानी बराबर देखिएकाले काम गर्दा विवेक प्रयोग गर्नु राम्रो हुन्छ।

मीन : धन कमाउनका निम्ति नयाँ स्रोत भेटिनेछन्। आम्दानी भन्दा खर्च बढी हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ। नाम, दाम र सम्मान प्राप्त हुने योग छ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ४ : ५६ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता