सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  सिरहाकाे धनगढीमाई नगरपालिका-६ सिमरा चोकमा प्र.१-०५-००१ प ८५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक गोलबजार नगरपालिका-४ बस्ने भोगेन्द्र सहनीको छोरा १५ वर्षीय आयुस सहनीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका १ जनाको आरके मेडिसिन मुसहरनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसतै, कैलालीकाे गोदावरी नगरपालिका-५ गेटास्थित सडकमा सु.प.प्र. ०१-००१ च २९८७ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृत बहादुर बमको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।  हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी, दाङकाे घोराही उपमहानगरपालिका-१३ कात्तिके डाँडास्थित सडकमा रा.२ प ६०१५ नम्बरको मोटरसाइकल र लु.९ प ४३६ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा रा.२ प ६०१५ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय मनकु चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी सोही मोटरसाइकलमा सवार १ जनाको नर्सिङ होम अस्पताल नेपालगञ्ज बाँकेमा र लु.९ प ४३६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ भने सोही मोटरसाइकल चालकलाई प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १ : ०७ बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही