पर्यटनमा समृद्धि खोज्दै तमानखोला | Khabarhub Khabarhub

पर्यटनमा समृद्धि खोज्दै तमानखोला


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रूपमा अलि अप्ठ्यारो तर निकै मनोरम छ । डाँडाकाँडाले घेरिएका बस्ती । पहाडको शिरसम्म तालतलैया र हिमालको काखमा रहेका बस्तीले पर्यटकलाई पर्खिरहेका छन् । 

थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि हालसम्म प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमै थिए । तमानखोला गाउँपालिका पछिल्लो समय पर्यटन सम्भावना बोकेका क्षेत्रको विकासमा जुटेको छ । गाउँपालिकाले एक हजारदेखि चार हजार दुई सय मिटरको उचाइसम्म रहेका पर्यटकीय क्षेत्रको विकास गर्न थालेको छ । 

पालिकाभित्र रहेका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्नका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । तमानखोलाले उत्तरमा म्याग्दीसँग जोडिएको सोलेडाँडा, दक्षिणमा ढोरपाटनसँग जोडिएको जिल्लाकै सुन्दर बराह ताल, तमान गाउँ, ढोमइथान मन्दिर, सांस्कृतिक पहिचानका रूपमा रहेको सोरठी नाचको संरक्षणमा गाउँपालिकाले लगानी गरेको छ । 

नौडल्लेको पहाडलाई समेत प्रचार प्रसार गर्न थालिएको छ । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट नजिक रहेको तमानखोलाले पर्यटनसम्बन्धी संरचना निर्माण गरेर पर्यटक भित्र्याउन गाह्रो छैन । पछिल्लो समय प्रचारप्रसार र भौतिक संरचना निर्माण भएपछि पर्यटकको आगमन बढिरहेको छ ।

गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्न र प्रचारप्रसारलाई तीव्रता दिनका लागि समय-समयमा पर्यटन बहससमेत गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले पहिलेको तुलनामा अहिले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक बढ्दै गएको बताए। 

आफू निर्वाचित भएर आएर आएदेखि नै पर्यटन विकासमा काम गरिरहेको उनको भनाइ छ । पालिकाको सबैभन्दा चर्चित सोलेडाँडामा सहिद स्मृति पार्क, पाहुनाघर, कोसेलीघर, जडीबुटी पार्क, वनभोजस्थल निर्माण, खानेपानी, सार्वजनिक शौचालयको व्यवस्थापन गरिसकेको अध्यक्ष बुढामगरले बताए । 

तमानखोलाका गाउँगाउँमा पदमार्ग, तमान गाउँका घरहरूमा एकै प्रकृतिको रङ लगाउने योजनासमेत रहेको भन्दै बराह तालमा करिब एक करोड हाराहारीका संरचरना निर्माण गरेको उनको भनाइ छ ।

तमानखोला-२ का स्थानीय ओम पुनले स्थानीय सरकार आएपछि यहाँको पर्यटन क्षेत्रमा धेरै सुधार आएको बताए। गाउँपालिकाले हरेक वर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्दै आएपछि पर्यटकको आगमन पनि बढ्दै गएको उनको भनाइ छ । 

अघिल्लो वर्षसम्म बराह तालमा सडक नपुग्दा कम पर्यटक आएको भन्दै यस वर्ष एकै दिन हजारौँ पर्यटकले बराह मन्दिरको दर्शन र तालको अवलोकन गरेको उनले बताए । 

भौगोलिक विकटताका कारण पछाडि भए पनि गाउँपालिकाले विकासका लागि प्रयास भने गरिरहेको पुनको भनाइ छ । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  २ : ०२ बजे

रवि लामिछानेलाई यसकारण थुनामै राख्ने आदेश दियो रूपन्देही अदालतले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी तथा

आजका समाचार : संविधान संशोधन अलपत्र, जेलमै थन्किए रवि, इजरायलद्वारा ६ पत्रकारको हत्या र राहुल गान्धी पक्राउ

अलपत्र संविधान संशोधन : छलफलसमेत नगरी कांग्रेस-एमालेले बिताए १३ महिनाप्रधानमन्त्री

भारतले फिलिपिन्सका नागरिकलाई निःशुल्क इ भिसा दिने

काठमाडौं- भारतले फिलिपिन्सका नागरिकहरूलाई निःशुल्क इ–भिसा प्रदान गर्ने भएको छ

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

काठमाडौं– नेपाल कार्टुनिष्ट क्लबले पाँच जना अग्रज कार्टुनिष्टलाई ‘बराथ स्मृति

पार्टी रूपान्तरण आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

दोधारा चाँदनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष