लुम्बिनी प्रदेशमा सरकार विस्तार « Khabarhub

लुम्बिनी प्रदेशमा सरकार विस्तार


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना विनाविभागीयमन्त्री नियुक्त गरेका हुन्  । 

एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहेका छन् भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागीय मन्त्री नियुक्त भएका छन्  । 

मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरू चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी  तोकेका छन् । 

आज विस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ । आज नियुक्त भएका विनाविभागीय मन्त्रीहरूको शपथग्रहण आजै गराउने तयारी भएको छ । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  २ : ३९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित