अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग « Khabarhub

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन तरकारी तथा फलफूल भन्सार तथा सीमाविन्दुमा नै रोक्न माग गरेको छ । 

सङ्घका अध्यक्ष खेम प्रसाईँले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष कडाइका साथ जाँच गरिनुपर्ने, जाँच नगरी ल्याइएका सामान सीमामै जफत गरिनुपर्ने र खुला सीमाको फाइदा उठाउँदै लुकिछिपी सामान भित्रिन नदिन सुरक्षा निकायलाई कडा निर्देशन दिनुपर्नेलगायत माग गरिएको बताए । 

सीमाका समस्या बुझ्न मेचीनगर आएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आयातीत अखाद्य तरकारी तथा फलफूलले जनस्वास्थ्यका साथै स्वदेशी उत्पादनमा गम्भीर असर पुर्‍याएका बारेमा ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष प्रसाईंले जानकारी दिए । 

आयातीत अखाद्य सामग्री रोक्ने विषयमा काँकडभिट्टास्थित मेची भन्सार कार्यालय, खाद्य तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टिन कार्यालयमा ज्ञापन पत्रसहित ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

अध्यक्ष प्रसाईंको नेतृत्वमा सङ्घ र कृषक प्रतिनिधिमण्डलले भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, प्रमाणीकरण कार्यालयका प्राविधिक सहायक दिनेश ढुङ्गाना र क्वारेन्टिन कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ राईलाई भेटेर समस्या अवगत गराइएको सङ्घका महासचिव दिनेश शाक्यले बताए ।

मेचीनगर-१५ स्थित स्मार्ट कृषि फार्मका सञ्चालक हरि नेपालले नेपालमै उत्पादन भएको तरकारी नबिकेर गाईवस्तुलाई खोले खुवाउने अवस्था आएको विषयमा सरकारले चासो नदिएको गुनासो गरे । उनले आफ्नो फार्ममा लाखौँको लगानीमा खरबुजा र तरकारी उत्पादन भए पनि भारतबाट भित्रिने सस्तो मूल्यको अखाद्य तथा गुणस्तरहीन तरकारीले बजार कब्जा गरेको बताए ।

प्रमाणीकरण कार्यालय काँकरभिट्टाका प्राविधिक सहायक ढुङ्गानाले आयातकर्ताले ल्याउने तरकारी तथा फलफूलको नमुना मात्र कार्यालयको प्रयोगशालामा जाँच गरिने जानकारी पाएको उल्लेख गर्दै सङ्घका महासचिव शाक्यले सरकारी निकायबाटै नमुना संकलन गरेर परीक्षणको व्यवस्था हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएको बताए ।

मेची भन्सार कार्यालयका प्रमुख रेग्मी र क्वारेन्टाइन कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत राईबाट गुणस्तर परीक्षण गरेर मात्र भारतबाट तरकारी तथा फलफूल आयात गर्न पाउने व्यवस्थालाई कडाइका साथ पालना गरिने प्रतिबद्धता व्यक्त भएको महासचिव शाक्यले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ३ : १८ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा