काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो « Khabarhub

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम)  प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक  काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) विधिबाट छानिएको हो।  

हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको latitude, longitude को आधारमा दूरी निकालिएको थियो। विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो। एकै विद्यालयको परीक्षार्थी सङ्ख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ। 

एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्नेगरी व्यवस्था गरिएको छ। विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँ केन्द्र नदोहोरिने गरी छनोट गरिएको छ।

प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको छ। यो सफ्टवेयर र विधि ओपन सोर्स गरी ‘गिटहब’मा राखिएको छ । ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ

यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ। विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइनेछ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ३ : ५१ बजे

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

काठमाडौं– नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा

काठमाडौं महानगरले मनायो ३१ औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– आज काठमाडौं महानगरपालिकाले ३१ औँ स्थापना दिवस मनाएको छ ।

पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

काठमाडौं– चालु आर्थिक वर्षको पुस महिना लागि वाणिज्य अधिकांश बैंकहरूले

खार्पुनाथमा स्वास्थ्य शिविर सम्पन्न

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकामा सञ्चालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको