मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ « Khabarhub

मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोबाइल चोरी गर्दै आपराधिक लाभ लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी जोरायल घर भएका २७ वर्षीय निश्चल लामा रहेका छन् ।

लामाले काठमाडौंको विभिन्न स्थानमा मोटसाइकलमा लिफ्ट मागी आफन्तको हवाई उडान समेत रहेको भनी काठमाडौंको नयाँ बसपार्कमा गई विभिन्न सामानहरू ल्याउनु पर्छ भन्ने जस्ता विभिन्न बहाना बनाई आफ्नो मोबाइल स्विचअफ रहेको भन्दै मोबाइल मागेर फोन कल गर्दै परपर गएर भाग्ने र उक्त मोबाईलमा रहेको मोबाइल बैंकिङ चलाई विभिन्न व्यक्तिहरूबाट तिन लाख ६२ हजार एक सय ७० रुपैयाँ ठगी गर्ने साथै उक्त मोबाइल फोनहरू हाम्रो बजार डट कममा राखी बिक्री समेत गर्ने गरेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार सिनामंगालकाे गोल्डेन गेटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एंव कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ५ : २३ बजे

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध