मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ « Khabarhub

मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोबाइल चोरी गर्दै आपराधिक लाभ लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी जोरायल घर भएका २७ वर्षीय निश्चल लामा रहेका छन् ।

लामाले काठमाडौंको विभिन्न स्थानमा मोटसाइकलमा लिफ्ट मागी आफन्तको हवाई उडान समेत रहेको भनी काठमाडौंको नयाँ बसपार्कमा गई विभिन्न सामानहरू ल्याउनु पर्छ भन्ने जस्ता विभिन्न बहाना बनाई आफ्नो मोबाइल स्विचअफ रहेको भन्दै मोबाइल मागेर फोन कल गर्दै परपर गएर भाग्ने र उक्त मोबाईलमा रहेको मोबाइल बैंकिङ चलाई विभिन्न व्यक्तिहरूबाट तिन लाख ६२ हजार एक सय ७० रुपैयाँ ठगी गर्ने साथै उक्त मोबाइल फोनहरू हाम्रो बजार डट कममा राखी बिक्री समेत गर्ने गरेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार सिनामंगालकाे गोल्डेन गेटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एंव कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ५ : २३ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु