मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा | Khabarhub Khabarhub

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको आज उद्घाटन गर्दै उनले दूरसञ्चार सेवाको अभावमा मुलुकको सर्वाङ्गीण विकास असम्भव छ भनिन् ।

‘दूरसञ्चार सेवा गुणस्तरीय भएन, सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा नपुग्दा मुलुकको विकासमा बाधा पुग्छ’, मन्त्री शर्माले भनिन्, ‘सरकारी शेयर भएका कारण पनि टेलिकमले मुनाफा नभए पनि दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्ने दायित्व अगाडि छ ।’ दूरसञ्चार सेवालाई गुणस्तरीय बनाएर लैजानुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ‘डिजिटल डिभाइड’ न्यूनीकरण गर्न विशेष योजना ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिइन्।

मन्त्री शर्माले पेसागत हकहित र संस्थाको श्रीवृद्धिमा अनवरतरूपमा क्रियाशील हुन सम्पूर्ण कर्मचारीलाई आह्वान गर्दै तालिममा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा लगाउन सुझाव दिइन्। 

कार्यक्रममा टेलिकममा क्रियाशील पेसागत सङ्घसङ्गठनका प्रतिनिधिले टेलिकम क्षेत्रमा देखिएका चुनौती समाधान गर्न, नयाँ परियोजना सञ्चालन गर्न, कर्मचारीको सेवा सुविधा समयानुकूल परिमार्जनका लागि व्यवस्थापनको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ५ : ५६ बजे

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो

सिधाकुराको बाङ्गो प्रकरण : अनुसन्धानको जिम्मा रविलाई

काठमाडौं- न्युज २४ र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गर्दा वर्तमान

आजका समाचार : श्रमिक दिवसदेखि टी-२० विश्वकप खेल्ने टोली घोषणासम्म

प्रधानमन्त्रीले भने : श्रमिक, मजदुरहरूको न्यूनतम् पारिश्रमिक बढाउँछौँ प्रधानमन्त्री पुष्पकमल

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

प्यालेस्टिन – प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि