प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन « Khabarhub

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक फिल्ड अस्पताल, सैनिक आवासीय महाविद्यालय र आपत्कालीन रिकभरी डाटा सेन्टरको समुद्‍घाटन गरेका छन् ।

सैनिक कल्याणकारी कोषको लगानीमा देशका सात वटै प्रदेशहरूमा सैनिक महाविद्यालय तथा सैनिक अस्पतालहरु निर्माण गर्ने नेपाली सेनाको लक्ष्य अनुरूप लुम्बिनी प्रदेश अन्तरगत बुटवलमा २५ शैय्याको सैनिक फिल्ड अस्पताल तथा शैक्षिक सत्र २०८१ बाट कक्षा ६, ७ र ८ सम्मको अध्यापनको सुरुवात गर्ने गरी सैनिक महाविद्यालयको निर्माण गरिएको हो ।

त्यसै गरी, नेपाली सेनामा हाल प्रचलनमा रहेको डिजिटाइजेसनका महत्त्वपूर्ण दस्तावेजहरुको आपत्कालीन रिकभरीको लागि डाटा सेन्टरको निर्माण गरिएको हो ।

नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक तथा आश्रित हिताधिकारीहरुलाई शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच आफू बसोबास गर्ने प्रदेशमा नै प्रदान गर्ने बृहत् सैनिक कल्याणकारी कार्यक्रम अन्तरगत उक्त सैनिक महाविद्यालय तथा सैनिक फिल्ड अस्पतालको निर्माण भएको हो । यससँगै देशको सातवटै प्रदेशमा सैनिक महाविद्यालय सञ्चालन भएका छन् ।

सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयहरूमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाका सन्ततिहरू ६० प्रतिशत र गैर सैनिकका सन्ततिहरू ४० प्रतिशतले गुणस्तरीय शिक्षा लिने अवसर प्राप्त गर्दै आएका छन् ।

समुद्‍घाटन समारोहमा बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्‍डेय, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ८ : १० बजे

कांग्रेस देश सम्हाल्ने जिम्मेवार महत्त्वपूर्ण शक्ति हो : गगन थापा 

ललितपुर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली

गाउँ पसेर जङ्गली हात्तीको उपद्रो

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर

प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद