प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन « Khabarhub

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन


६ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक फिल्ड अस्पताल, सैनिक आवासीय महाविद्यालय र आपत्कालीन रिकभरी डाटा सेन्टरको समुद्‍घाटन गरेका छन् ।

सैनिक कल्याणकारी कोषको लगानीमा देशका सात वटै प्रदेशहरूमा सैनिक महाविद्यालय तथा सैनिक अस्पतालहरु निर्माण गर्ने नेपाली सेनाको लक्ष्य अनुरूप लुम्बिनी प्रदेश अन्तरगत बुटवलमा २५ शैय्याको सैनिक फिल्ड अस्पताल तथा शैक्षिक सत्र २०८१ बाट कक्षा ६, ७ र ८ सम्मको अध्यापनको सुरुवात गर्ने गरी सैनिक महाविद्यालयको निर्माण गरिएको हो ।

त्यसै गरी, नेपाली सेनामा हाल प्रचलनमा रहेको डिजिटाइजेसनका महत्त्वपूर्ण दस्तावेजहरुको आपत्कालीन रिकभरीको लागि डाटा सेन्टरको निर्माण गरिएको हो ।

नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक तथा आश्रित हिताधिकारीहरुलाई शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच आफू बसोबास गर्ने प्रदेशमा नै प्रदान गर्ने बृहत् सैनिक कल्याणकारी कार्यक्रम अन्तरगत उक्त सैनिक महाविद्यालय तथा सैनिक फिल्ड अस्पतालको निर्माण भएको हो । यससँगै देशको सातवटै प्रदेशमा सैनिक महाविद्यालय सञ्चालन भएका छन् ।

सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयहरूमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाका सन्ततिहरू ६० प्रतिशत र गैर सैनिकका सन्ततिहरू ४० प्रतिशतले गुणस्तरीय शिक्षा लिने अवसर प्राप्त गर्दै आएका छन् ।

समुद्‍घाटन समारोहमा बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्‍डेय, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ८ : १० बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन