तस्कर समात्न बारामा प्रहरीले चलायो गोली | Khabarhub Khabarhub

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका–४ ईनर्वाबाट दुई सय ३० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका-४ टेग्राहाका चन्दन पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार तस्करहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गर्नुपरेको थियो ।

भारततर्फ ठुलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा तस्करहरुको खोजी गर्दै जाँदा ईनर्वामा फेला परेका थिए।

पक्राउ परेका पासवानबाट जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १० : ३७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले