‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन गरेको छ ।

दिनानुदिन लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको पाइएपछि प्रहरी कार्यालयले उक्त कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनले अहिले जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको बताउँदै स्थानीय तहसँग साझेदारी गर्दै प्रहरी टोल टोलमा पुगिरहेको उल्लेख गरे ।

झापा प्रहरीले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

लागुऔषध कारोबारमा संलग्नमध्ये स्वदेशी तीन सय २५ पुरुष र २५ महिला तथा १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन् ।

सोही अवधिमा झापामा लागुऔषधका दुई सय ४० मुद्दा दर्ता भएका छन् । खैरो हिरोइन एक हजार नौ सय ४४ ग्राम चार हजार छ सय ४० मिलिग्राम र गाँजा २६ किलोभन्दा बढी बरामद गरेको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ को साउन महिनामा ३४ पुरुषसहित ३७ जना लागुऔषधसहित पक्राउ परेका थिए । त्यस्तै भदौमा ४२ जनासहित १० किलो एक सय सात ग्राम गाँजा र चार सय ५५ ग्राम हिरोइन प्रहरीले बरामद गरेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

त्यस्तै, असोजमा ४१ जनासहित एक किलो ६ सय ७० ग्राम गाँजा र एक सय ७६ ग्राम चार सय ४० मिलिग्राम हिरोइन, कात्तिकमा लागुऔषधका १० मुद्दा दर्ता हुँदा १७ जना पक्राउ परेका थिए भने ३२ ग्राम सात सय मिलिग्राम हिरोइन प्रहरीले बरामद गरेको थियो ।

यसैगरी मङ्सिरमा १२ पुरुष, तीन महिला स्वदेशी र दुई पुरुष विदेशीसहित १७ जना पक्राउ परेका थिए ।

एघार लागुऔषधका मुद्दा दर्ता हुँदा प्रहरीले ७० ग्राम चार सय ७० मिलिग्राम हिरोइन बरामद गरेको थियो ।

पुसमा १४ जना पक्राउ पर्नुका साथै नौ लागुऔषधका मुद्दा दर्ता भएका थिए । सो अवधिमा एक सय ६२ ग्राम दुई सय ७० मिलिग्राम हिरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

माघमा ३५ जना पक्राउ परेका थिए भने २६ वटा मुद्दा दर्ता भएका थिए । माघमा दुई सय ५० ग्राम गाँजा र ३९ ग्राम तीन सय २० मिलिग्राम हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

फागुनमा सबैभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका छन् । सो अवधिमा ५१ स्वदेशी पुरुष, सात स्वदेशी महिला, दुई विदेशी पुरुष र एक विदेशी महिला पक्राउ परेका थिए ।

फागुनमा ३९ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । प्रहरीले सो अवधिमा ७० ग्राम पाँच सय मिलिग्राम गाँजा र तीन सय ३५ ग्राम नौ सय ९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

त्यस्तै चैतमा प्रहरीले ५५ स्वदेशी पुरुष, दुई स्वदेशी महिला र दुई विदेशी पुरुषलाई लागुऔषध कारोबारीका रुपमा पक्राउ गरेको थियो ।

चैतमा लागुऔषधका ३७ मुद्दा दर्ता भएका थिए भने प्रहरीले एक किलो चार सय ७९ ग्राम चार सय मिलिग्राम गाँजा बरामद गरेको थियो ।

वैशाखमा ४२ जना स्वदेशी पुरुष, दुई स्वदेशी महिला र पाँच विदेशी पुरुष पक्राउ परेका थिए । सो अवधिमा लागुऔषधका २९ मुद्दा दर्ता भएका थिए ।

लागुऔषध नियन्त्रणका लागि प्रहरीले दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि भारतको पश्चिम बङ्गाल र विहारसँग झण्डै एक सय ४४ किलोमिटर क्षेत्र खुला सीमा भएका कारण लागुऔषध नियन्त्रणमा प्रहरीलाई समस्या भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ८ : ४६ बजे

टी-२० वरीयतामा अस्ट्रेलियाका ट्राभीस हेड शीर्ष स्थानमा

काठमाडौं– अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी-२० वरीयताको ब्याट्सम्यानको सूचीमा

सवारी चालक अनुमतिपत्रबाट ७४ लाख राजस्व संकलन

महेन्द्रनगर– सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार

जंगली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

हेटौँडा– जंगली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ

विपक्षले संसद्‌मा जनताको आवाजको प्रतिनिधित्व गर्छ : राहुल गान्धी

काठमाडौं– भारतका नयाँ विपक्षी दलका नेता राहुल गान्धीले एक दशकदेखि

वडाध्यक्षको गुनासो- बालेन्द्रमा बालापन देखियो

काठमाडौं- स्वतन्त्ररुपमा निर्वाचित काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र शाह र