हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन « Khabarhub

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १० महिनामा २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९–८० को सो अवधिको तुलनामा करिब चार दशमलव ५२ प्रतिशत कम राजस्व सङ्कलन हो ।

उपमहानगरपालिकाले चालु आवमा ३० करोड ९४ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए ।

उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करबाट पाँच करोड ९४ लाख २० हजार, घरबहाल करबाट चार करोड ६६ लाख ८७ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट चार करोड ५९ लाख ८६ हजार, बहाल बिटोरी करबाट दुई करोड पाँच लाख ४७ हजार संकलन भएको छ ।

सिफारिस दस्तुरबाट दुई करोड ८६ लाख ३१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट एक करोड ९४ लाख २४ हजार, सरकारी सम्पत्ति बहालबाट एक करोड ९६ लाख, ढुङ्गा, गिट्टी, बालुवा बिक्रीबाट एक करोड ८० लाख, नक्सा पास दस्तुरबाट ७८ लाख ६२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत ५१ लाख ३२ हजार दुई सय ५५ राजस्व सङ्कलन भएको श्रेष्ठले जानकारी दिए ।

गत आव २०७९–८० को १० महिनाको तुलनामा यो करिब तीन करोड ८२ लाख २५ बढी राजस्व सङ्कलन भएको हो । उपमहानगरपालिकाले गत आव २०७९–८० मा ३४ करोड ९३ लाख पाँच हजार दुई सय राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा साउनदेखि वैशाखसम्म विभिन्न शीर्षकमा २२ करोड ५३ लाख छ हजार आठ सय ९४ राजस्व सङ्कलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क उपमहानगरपालिकाले उठाउँदै आएकामा गत आव २०७९–८० बाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहका सरकारमा राजस्व सङ्कलन हुन थालेको छ ।

चालु आवमा घरजग्गा कारोबारमा कमी आउनु, ढुङ्गा, गिट्टी, बालुवा निकासी ठेक्का लगाउन नसक्नु, सिमेन्ट निकासीको ठेक्का लाग्न नसक्नु, सडक पूर्वाधार मर्मतसम्भारको ठेक्का लाग्न नसक्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १२ : २४ बजे

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको