व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल  « Khabarhub

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘समस्यालाई केन्द्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन ।’

गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले प्रस्ट पारे । 

उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको संघीयतालाई बलियो बनाउने बताए । विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राखे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिए। उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको विचार व्यक्त बताए ।

सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनीय  विषय भएकाले समय आएपछि सम्पूर्ण राजनीतिक दलहरूसँग छलफल गरी साझा सहमतिका आधारमा संशोधन गर्न सकिने जवाफ दिए। उनले सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउने बताए ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  २ : ५४ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)