पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल | Khabarhub Khabarhub

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन् ।

महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा  काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताए। निर्वाचन सर्छ भन्ने आशंका नराख्न आग्रह गर्दै उनले निर्वाचन समिति गठन गरी समितिले कार्य प्रारम्भ गरिसकेको जानकारी दिए।

महासङ्घको गत वैशाख २१ र २२ गते काठमाडौँमा सम्पन्न २७औँ राष्ट्रिय महाधिवेशनले केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि मिति निर्धारण गरेको थियो । सदस्यता शुद्धीकरणले अन्तिम रुप नलिइसकेकाले समयमा निर्वाचन हुन नसक्ने आशंका  गरिएको थियो ।

कार्यक्रममा महासङ्घका पूर्वसभापति तथा वक्ताहरूले पत्रकारिता क्षेत्रलाई व्यावसायिक, स्वतन्त्र र जिम्मेवार बनाउन नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले महासङ्घमा दलीय निकटताका आधारमा भागबन्डा खोज्ने प्रवृत्ति गलत भएको पनि बताएका थिए । 

पूर्वसभापति हरिहर विरही, विष्णु निष्ठुरी, डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, वर्तमान सल्लाहकार निर्मला शर्मालगायतले महासङ्घलाई साझा र व्यावसायिक पत्रकारको छाता संस्थाकारुपमा कायम राख्न आग्रह गरेका थिए ।

साधारणसभाबाट सांगठनिक र आर्थिक प्रतिवेदनका साथै पत्रकारितालाई शुद्धीकरण गर्नेलगायत विभिन्न घोषणापत्र पारित गरेको छ । सो प्रदेश कमिटीको अधिवेशनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए  ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ५ : १२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित