काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।
उनीहरूले कांग्रेसले राखेका विभिन्न प्रस्तावका बुँदाहरूमा छलफल गरिरहेको बालुवाटार स्रोतको भनाइ छ । आजको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने बताइएको छ ।
यसका लागि कांग्रेसले विभिन्न बुँदाहरुमा प्रस्ताव गरेको छ । यता नेपाली कांग्रेस भने बालुवाटार बैठक पछिको निर्णय कुरिरहेको छ ।
प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइरहेका छन् ।
आजको बैठक केही लामो हुनसक्ने बालुवाटार स्रोतको भनाइ छ । शनिबार बिहान सदनको गतिरोध हटाउन कांग्रेस नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए ।
प्रचण्ड समिति बनाउन सकारात्मक रहेको कांग्रेसको दाबी छ । तर रवि लामिछाने व्यक्तिकै नाममा संसदीय छानबिन समिति बनाउनुपर्नेमा कांग्रेसको मागमा एमाले र रास्वपा तयार छैनन् ।
प्रतिक्रिया