विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ « Khabarhub

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ ।

यही जेठ १० गते बुद्ध जयन्तीका दिन स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई व्यवस्थित बनाउन स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको अगुवाइमा काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी, स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा त्यस आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो ।

सो क्षेत्रमा सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान र गर्न लागिएको काठमाडौँ महानगरपालिका वडा नं १५ कार्यालयले जनाएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलनअनुसार यस वर्ष पनि महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । बुद्ध जयन्तीलाई नेपालसहित भारत, चीन, श्रीलङ्का, भुटान, थाइल्याण्ड, म्यान्मार, मङ्गोलिया, कम्बोडिया, लाओसमा विशेष सम्मानका साथ मनाइन्छ ।

नेपालमा तत्कालीन राजा त्रिभुवनले विसं २००६ जेठ ८ गतेदेखि सरकारी मान्यता दिएपछि नेपालमा बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेको मूल समारोह समितिका संयोजक महास्थवीरले जानकारी दिए ।

स्वयम्भूस्थित आनन्दकुटी विहारले पनि सोही दिन मनाउने बुद्ध पूजामा विभिन्न देशका राजदूतसहित उच्च तहका व्यक्तिलाई निम्ता गरेको जनाएको छ । विहारले अस्थि धातुसमेत प्रदर्शन गर्नेछ । बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरिएको अवशेषलाई अस्थि धातु भनिन्छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ८ : ५५ बजे

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता

‘प्रदेशमा वाम सहकार्य निश्चित भइसक्यो, पार्टी एकता अहिल्यै सम्भव छैन’

काठमाडौं- देशका विभिन्न प्रदेशबाट आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का