विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ | Khabarhub Khabarhub

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ ।

यही जेठ १० गते बुद्ध जयन्तीका दिन स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई व्यवस्थित बनाउन स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको अगुवाइमा काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी, स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा त्यस आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो ।

सो क्षेत्रमा सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान र गर्न लागिएको काठमाडौँ महानगरपालिका वडा नं १५ कार्यालयले जनाएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलनअनुसार यस वर्ष पनि महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । बुद्ध जयन्तीलाई नेपालसहित भारत, चीन, श्रीलङ्का, भुटान, थाइल्याण्ड, म्यान्मार, मङ्गोलिया, कम्बोडिया, लाओसमा विशेष सम्मानका साथ मनाइन्छ ।

नेपालमा तत्कालीन राजा त्रिभुवनले विसं २००६ जेठ ८ गतेदेखि सरकारी मान्यता दिएपछि नेपालमा बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेको मूल समारोह समितिका संयोजक महास्थवीरले जानकारी दिए ।

स्वयम्भूस्थित आनन्दकुटी विहारले पनि सोही दिन मनाउने बुद्ध पूजामा विभिन्न देशका राजदूतसहित उच्च तहका व्यक्तिलाई निम्ता गरेको जनाएको छ । विहारले अस्थि धातुसमेत प्रदर्शन गर्नेछ । बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरिएको अवशेषलाई अस्थि धातु भनिन्छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ८ : ५५ बजे

युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्रीडा. प्रकाशशरण महतले पार्टीका

नर्वे र युक्रेनबीच स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्झौता, द्विपक्षीय सहकार्य विस्तार हुँदै

एजेन्सी – नर्वे र युक्रेनले आपसी सहयोग विस्तार गर्ने उद्देश्यले

प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधि मण्डलले

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

सिरहा– असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुख्खा