आज २०८१ साल असार ४ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल असार ४ गते मंगलबारको राशिफल


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार ४ गते मंगलबार तदनुसार सन् २०२४ जुन १८ तारिख। जेठ शुक्ल पक्षको एकादशी तिथि। निर्जला एकादशी व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। व्यापारमा नाफा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परोपकारी संस्थामा तपाईंको नामको प्रशंसा हुनेछ।

वृष : संघर्ष गरेर अगाडि बढ्ने दिन छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने हुन्छ। आफूले गरेका कामको उचित मूल्यांकन नहुने जोखिम देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथी र आफन्तले सहयोग गर्नेछन्।

मिथुन : समय राम्रो छ। नयाँनयाँ ठाउँको भ्रमणले मनमा उत्साह बढ्नेछ। पुराना साथीसँग भेट हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा उत्साहजनक नतिजा प्राप्त हुनेछ। परिवारमा मनमुटाव हुने देखिन्छ।

कर्कट : झुटो आरोपको सामना गर्नुपर्नेछ। राजनीतिमा विवाद हुनेछ। सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : लामो समय रोकिएको काम बन्नेछ। समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ। निर्णय क्षमता कमजोर हुँदा परिवारमा विवाद हुनसक्छ। शिक्षाको लगानीमा सफलता मिल्नेछ। राजनीतिक भेटघाटले नयाँ उत्साह बढ्नेछ।

कन्या : धनलक्ष्मी योग परेको छ। व्यापारबाट फाइदा हुने दिन हो। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। मनमा चञ्चलता बढ्नाले सुखको अनुभूति नहुने जोखिम छ। परिवारसँगको भेटघाट रमाइलो बन्नेछ।

तुला : बोलीको प्रभावले राम्रा काम बन्ने योग छ। समाजसेवा र परोपकारमा मन जानेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको लगानीले राम्रो नतिजा देखिने छ। परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिक : मन उदास बन्नेछ। अशान्तिले बास गर्ने दिन छ। कार्यमा बाधा आइपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

धनु : समय रमाइलो छ। साथीको साथ मिल्नेछ। लामो समय रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको मर्मको विषयमा सुझबुझ नहुँदा विवाद हुने जोखिम देखिन्छ। सामाजिक कार्यमा रमाइलो हुनेछ।

मकर : आफन्तसँग टाढै रहनु राम्रो हुन्छ। हरेक काममा झन्झट लाग्नेछ। कसैसँग तर्क नगर्नु राम्रो हुन्छ। साढे सातको दशाले घेर्दै लगेकाले यो समस्याले तपाईंलाई निरन्तर सताउने देखिन्छ। धार्मिक कार्यमा संलग्न भएर अगाडि बढ्नु राम्रो हुन्छ।

कुम्भ : थोरै बोल्नु राम्रो हुन्छ। झुटा आरोप लाग्ने जोखिम छ। जन्मकुण्डली हेरेर ज्योतिषको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। मन अशान्त भएकाले धार्मिक कार्यमा संलग्न हुँदा फाइदा हुनेछ।

मीन : सोचेको काममा बाधा आइलाग्ने देखिन्छ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा भन्दा कृषि र पशुपन्छीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको राम्रो साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ०७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई