विश्वकपमा न्युजिल्यान्डका फर्ग्युसनले बनाए दुर्लभ कीर्तिमान : चार ओभरमा चारै मेडन « Khabarhub

विश्वकपमा न्युजिल्यान्डका फर्ग्युसनले बनाए दुर्लभ कीर्तिमान : चार ओभरमा चारै मेडन


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० विश्वकपबाट बाहिरिसकेको न्युजिल्यान्डका बलर लोकी फर्ग्युसनले बलिङतर्फ दुर्लभ कीर्तिमान बनाएका छन्। विश्वकपको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ७ विकेटले पराजित गरेको न्युजिल्यान्डका लागि उनले चार ओभर बलिङमा सबै मेडन राख्दै दुर्लभ कीर्तिमान बनाएका हुन्।

सुरुमा ब्याटिङ गरेको पिएनजीविरुद्ध बलिङ गरेका फर्ग्युसनले तीन विकेट लिँदै पूरै चार ओभर मेडन राख्न सफल भएका हुन्। टी-२० विश्वकपमा यस्तो कीर्तिमान राख्ने उनी पहिलो बलर बनेका छन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो कीर्तिमान बने पनि विश्वपमा यस्तो कीर्तिमान पहिलो पटक बनेको हो।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने क्यानडाका साद बिन जाफरले सन् २०२१ मा विश्वकपको छनोट खेलमा पानामाविरुद्ध चार ओभर बलिङ गर्दा सबै मेडन राख्दै दुई विकेट लिएका थिए।

फर्ग्युसनले दुलर्भ कीर्तिमान बनाएको खेलमा पिएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको थियो। उसका लागि डेभन कनवे सर्वाधिक ३५ रन बनाए।

विश्वकपमा दुर्लभ कीर्तिमान बनाएका न्युजिल्यान्डका लोकी फर्ग्युसन। जो म्यान अफ दि म्याच बने । तस्बिरः क्रिकइन्फो

कप्तान केन विलियमसन र डेयरल मिचेलले नटआउट १८ र १९ रन जोड्दै जित निश्चित गरेका थिए। पपुवा न्युगिनीका काबुआ मोरेयाले दुई विकेट हात पारेका थिए भने सेमो कमियाले एक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको पिएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १७ रन बनाउँदा नोरमान भानुवाले १४ तथा सेसे बाउले १२ रन जोडेका थिए। अन्य ब्याट्सम्यान दोहोरो अंकबिहीन बनेका थिए।

न्युजिल्यान्डका लागि फर्ग्युसनले तीन विकेटका साथ दुर्लभ कीर्तिमान बनाएको खेलमा ट्रेन्ट बोल्ट, टीम साउथी र इस सोधीले दुईदुई विकेट लिएका थिए भने मिचेल स्यान्टनरले एक विकेट हात पारेका थिए।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : १३ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत