विश्वकपमा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज « Khabarhub

विश्वकपमा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत अहिले वेस्ट इन्डिज र अफगानिस्तानको खेल जारी छ। समूह ‘सी’मा तीन खेलसम्म अपराजित रहँदै सुपर ८ प्रवेश गरेका दुई टिमको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ।

समान ६ अंक बनाए पनि रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने वेस्ट इन्डिज दोस्रो स्थानमा छ। हारजितले कुनै ठुलो उपलब्धि हात नलागे पनि यो खेललाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ। वेस्ट इन्डिजर र अफगानिस्तान दुवै टिम अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छन्।

समूह चरणमा यसअघि भएका खेलमा अफगानिस्तानले युवान्डालाई पहिलो खेलमा १२५, दोस्रो खेलमा न्युजिल्यान्डलाई ८४ र तेस्रो खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै विश्वकपको सुपर ८ पुगेको हो।

वेस्ट इन्डिजले भने पहिलो खेलमा पिएनजीमाथि ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा युगान्डाविरुद्ध १३४ रनले विजयी भएको थियो। तेस्रो खेलमा न्युजिल्यान्डलाई १३ रनले हराएको वेस्ट इन्डिज अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छ।

प्रतिष्ठाको लडाइँका रुपमा हेरिएको खेलको टस जितेर अफगानिस्तानले फिल्ड रोजेपछि वेस्ट इन्डिजले सुरुमा ब्याटिङ गरेको छ। उसले दुई ओभरको समाप्तिमा एक विकेट गुमाएर २२ रन जोडेको छ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : ३० बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर