सर्पदंशको निःशुल्क उपचार « Khabarhub

सर्पदंशको निःशुल्क उपचार


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिका–३ मा शर्पदंशको नि:शुल्क उपचार गरिने भएको छ ।

सर्पले डसेमा वडा नम्बर ३ का नागरिकको निःशुल्क उपचार गरिने वडाध्यक्ष विराट विष्टले बताए।

सोमबार गौरिडाँडास्थित सर्पदंश उपचार केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले पैसा अभावमा कोही नगरवासी उपचारबाट वाञ्चित हुन नपर्ने बताए ।

कार्यक्रममा प्रारम्भिक चरणमा ३० हजार बराबरको औषधि र स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको थियो ।

वडावासीको चाहना बमोजिम सर्पदंश उपचार निःशुल्क गरिएको उनको भनाई छ ।

सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले अध्यक्ष विष्टले गरेको निर्णय निक्कै सकारात्मक भएको बताउँदै अन्य वडाले पनि यसबाट सिक्नुपर्ने धारणा राखे। वडा नम्बर ३ मा झण्डै १३ हजार मानिस बसोबास गर्छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ९ : ३३ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय