अपांगता भएका व्यक्तिलाई बैंकिङ सेवासुविधा उपलब्ध गराउन माग  | Khabarhub Khabarhub

अपांगता भएका व्यक्तिलाई बैंकिङ सेवासुविधा उपलब्ध गराउन माग 


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले दृष्टिविहीनलगायत सम्पूर्ण अपांगता भएका व्यक्तिहरूलाई बैंकिङ सुविधा प्रयोग गर्न समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालको कुल जनसंख्याको २.२४ प्रतिशत जनसंख्यामा अपांगता भएका व्यक्तिहरू रहेको बताइन् । 

उनले दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूको समस्या धेरै र विकराल रहेको भन्दै पहुँच पुर्‍याउन माग गरेकी छन् । 

उनले भनिन् , ‘दृष्टिविहीन अपांगता भएका व्यक्तिले हाल सम्म सहजरूपले बैंकिङ लिन सकिरहेका छैनन् । सबैभन्दा पहिला कतिपय बैकले साक्षी बेगर खाता खोल्न नदिने । खाता खोले पछि पनि उनीहरू सक्षम हुँदाहुँदै पनि एटियम मोबाइल बैंकिङ जस्ता सेवाहरू उपयोग गर्न पाइरहेका छैनन्। दृष्टिविहीन व्यक्ति लगायत सम्पूर्ण अपांगता भयका व्यक्तिहरूलाई बैंकिङ क्षेत्रमा देखिएका समस्याहरू तत्कालै सम्बोधन गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रतिमा गौतम ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : ४२ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका