अपांगता भएका व्यक्तिलाई बैंकिङ सेवासुविधा उपलब्ध गराउन माग  « Khabarhub

अपांगता भएका व्यक्तिलाई बैंकिङ सेवासुविधा उपलब्ध गराउन माग 


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले दृष्टिविहीनलगायत सम्पूर्ण अपांगता भएका व्यक्तिहरूलाई बैंकिङ सुविधा प्रयोग गर्न समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालको कुल जनसंख्याको २.२४ प्रतिशत जनसंख्यामा अपांगता भएका व्यक्तिहरू रहेको बताइन् । 

उनले दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूको समस्या धेरै र विकराल रहेको भन्दै पहुँच पुर्‍याउन माग गरेकी छन् । 

उनले भनिन् , ‘दृष्टिविहीन अपांगता भएका व्यक्तिले हाल सम्म सहजरूपले बैंकिङ लिन सकिरहेका छैनन् । सबैभन्दा पहिला कतिपय बैकले साक्षी बेगर खाता खोल्न नदिने । खाता खोले पछि पनि उनीहरू सक्षम हुँदाहुँदै पनि एटियम मोबाइल बैंकिङ जस्ता सेवाहरू उपयोग गर्न पाइरहेका छैनन्। दृष्टिविहीन व्यक्ति लगायत सम्पूर्ण अपांगता भयका व्यक्तिहरूलाई बैंकिङ क्षेत्रमा देखिएका समस्याहरू तत्कालै सम्बोधन गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रतिमा गौतम ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : ४२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित