दक्षिणी रुसको तेल ट्यांकी भण्डारमा ड्रोन आक्रमण | Khabarhub Khabarhub

दक्षिणी रुसको तेल ट्यांकी भण्डारमा ड्रोन आक्रमण


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणी रुसको अजोभ सहर नजिकै मंगलबार राति तेल भण्डारण ट्यांकीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताएपनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको थियो। 

‘ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्यांकीहरूमा आगलागी भएर नष्ट भएका छन् । प्रारम्भिक तथ्यांकअनुसार कुनै हताहत भएको छैन’, स्थानीय रोस्तोभ क्षेत्रका गभर्नर भासिली गोलुबेभले भने। 

आपतकालीन मन्त्रालयले प्रकाशित गरेको भिडियोमा तेल भण्डारण ट्याङ्कीहरू राखिएको स्थानबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखाइएको छ। 

आक्रमणमा कति ड्रोनहरू संलग्न थिए भन्ने जानकारीमा आएको छैन ।

कम्तिमा ३२०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगलागी नियन्त्रण गर्न करिब २०० जना आगो नियन्त्रक र आपतकालीन कर्मचारीहरू तैनाथ गरिएको आपतकालीन मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  २ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’