पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा « Khabarhub

पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । 

जिल्लाका सात पालिकामा सुरु एक सय १७ सिँचाइ आयोजनामध्ये हालसम्म सम्पन्न ९० वटा आयोजनाबाट सिँचाइ सुविधा विस्तार भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतका प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिए। 

प्रमुख अधिकारीका अनुसार थप २० वटा आयोजना यही असार मसान्तसम्म पूरा हुने क्रममा छन् । जिल्लाका अधिकांश योजना बहुवर्षे भएको र छोटो अवधिका योजनामध्ये झन्डै एक दर्जन योजना सम्पन्न भइसकेको उनले बताए । जलजला गाउँपालिका–७ मा रहेको पुर्जाखोला र लुङ्दीखोला–भेडावारी सिँचाइ योजना, फलेवास नगरपालिका–६ देविस्थानको लिफ्ट बोरिङ सिँचाइ योजना तथा मोदी–३ को टुहुरेखोल्सी–पूर्णगाउँ सिँचाइ ठूला प्रकृतिका योजना हुन् । 

जिल्लामा रहेका सिँचाइ योजनामध्ये स्तरोन्नति गर्नुपर्ने योजनाको काम पनि सकिएको छ । यस वर्ष स्तरोन्नति, मर्मत र नयाँ सम्पन्न भएका योजनाबाट थप दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको हो । 

कार्यालयका अनुसार अहिले सञ्चालित योजना सम्पन्न गर्नका लागि झन्डै एक अर्ब बजेट आवश्यक छ । योजनाको लागतअनुमानअनुसार पर्याप्त बजेट विनियोजन नहुँदा समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको उनले बताए। अधिकांश आयोजनाहरू एक करोडदेखि रु तीन करोडसम्ममा रहेका छन् । 

कार्यालयमा चालु आर्थिक वर्षका लागि विनियोजित भएको कूल १८ करोड ९३ लाखमध्ये जेठ मसान्तसम्म १३ करोड २८ लाख ७० हजार खर्च भइसकेको छ । चालु आवको जेठ अन्तिम सातासम्म भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको जनाएको छ । 

सिँचाइ योजनाहरूको सङ्ख्या उल्लेख्य भए पनि कतिपय पुराना र क्रमागत योजनाहरू नियमित बजेट विनियोजन नहुँदा भग्नावशेषमा परिणत भइसकेका छन् । नयाँ योजना थपिने तर पुराना योजना सम्पन्न गर्न बजेट विनियोजन नभएका कारण जिल्लाभर झन्डै ४० वटा पुराना योजना अधुरै रहेको कार्यालयले जनाएको छ । 

पर्वतको कूल खेतीयोग्य जमिनमध्ये ११ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइको पहुँच छ तर बाह्रैमास सिँचाइ सुविधा पुग्ने जमिनको क्षेत्रफल भने जम्मा तीन हजार पाँच सय हेक्टर मात्र रहेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  २ : २४ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी